मेरो नाम स्वर्नीम ढुङ्गाना हो । हाल म अस्ट्रेलीयाको मेल्बोर्नको ईन्स्टिच्यट अफ हेल्थ एण्ड नर्सीङ अस्ट्रेलीया (आईएचएनए)मा नर्सिङ बिषयमा अध्यनरत छु।कोरोनाको महामारीले सबैलाई असर परेको छ त्यो सबैमा जानकारनै छ।
यो बिषम् परिस्थितीमा अझ बढि मार हामी बिधार्थीहरुमा परेको छ।एकातिर काम गरि रहेको काम फुत्किएको छ भने अर्को तिर काम गर्न खोज्दा खोज्दै पनि पाईएको छैन।गरि रहेको सिफ्टपनि घटेर काम नपाएर तनाबको अवस्थाबाट गुज्री रहका छौं।
हामी बिधार्थीहरुले पनि कोरोना महामारीको समयमा अस्ट्रेलीयन सरकार लगाएत बिभीन्न समुदाएबाट धेरै राहत पायौ। खासमा भन्नु पर्दा हामी फेसबुकमा हल्ला गर्छौ, ग्रुपमा केही पाएनौ भनेर गुनासो गर्ने तर सहि ठाउँ सम्म हामीले हाम्रा कुरा पुर्याएका हुँदैनौ।
आज म तपाईहरुलाई एक अन्तरास्ट्रीय बिधार्थीको हैषियतले कहाँ कहाँबाट सेवा र राहत पाएँ त्यो बारेमा जानकारी गराउँछु।
कोरोना महामारी पछि मैले क्विन भिक्टोरीया मार्केट बाट दुई सय डलर बराबरको “Our Shout” फुड भौचर हात पारे जसको भ्यालिड एक बर्षको थियो। मैले त्यहाँबाट तरकारी र मासु लिएँ। मसँग अझै केही रकम भौचरमा बाँकी छ।
अर्को राहत स्वरुप ईन्टरनेस्नल स्टुडेन्ट ईमर्जेन्सी रिलीफ फण्डबाट ११०० डलर हात पारे। यसको लागि मैले यो लिङ्कबाट फर्म भरे। केही समय पछि फर्म सक्सेसफुल्ली पुगेको मेल आयो। मेलसँगै रिफ्रेन्स नम्बर पनि आयो। त्यस पछि तिन दिन देखी पाँच दिन भित्र मेरो खातामा पैसा जम्मा भयो।
यसै बिचमा मेरो परिवारलाई कोभीड पोजीटिभ देखीए पछि मैले रेडक्रसको आईसोलेसन फुड सपोर्टमा खबर गरे। फोन सम्पर्क गर्दा केही समय कुर्नु पर्यो तर अती आवस्यकीय खाध्यन्न बस्तु जस्तै पास्ता, टोमेटो सस, दुध, ओट्स, चामल, चिनी, नुन, टुना आदि आयो जसले मलाई लगभग दुई हप्ता खान मज्जाले पुग्यो।
यसै बिचमा नेपाली सँस्थाहरु एनआरएनएबाट पनि राहत उपलब्ध भयो भने दिदीबहिनी समाज भिक्टोरीयाबाट त मलाई दुई पटक राहत मिल्यो। मैलै उहाँहरुले फेसबुकमा पोस्ट गर्नु भएको जानकारीमा रहेको लिङ्मा गएर मेरो डिटेल्स भरेको थिए। वहाँहरुबाट समयमानै राहत उपलब्ध भयो। राहतमा चाउचाउ, करी मसला देखी बास्मती चामल, तेल, नुन सबै रहेको थियो।
सेल्भेसन आर्मीबाट पनि फोन आयो। सायद रेडक्रसको उनीहरुसँग लिङ्क थियो होला। मलाई सहयोग कहाँ कहाँबाट पाईस भनेर सोध्यो। मैले नढाटीकन रेडक्रसबाट पनि पाएँ अनि अरु नेपाली सँस्थाबाट पाए भनेर बताए पछि तैले सबै रियालिटी भनिस भनेर दुई सय डलरको उलवर्थको भौचर ईमेलबाट पठायो जसले मैले ग्रोसरीहरु किने।
कोभीड पोजीटिभ भएको सँगको क्लोज कन्ट्याक्टमा भएपछि मैले डिपार्टमेन्ट अफ हेल्थ एण्ड हुमन सर्भिसेजको नम्बरमा फोन गरे। फोनमा डिपार्टमेन्टको प्रतीनिधीले पुरै डिटेल्स माग्छ। लगभग पैतालिस मिनेटको कुराकानी पछि त्यसको ४८ घण्टामा पन्द्र सय डलर आयो।
यसरी मैले यो महामारीको बेला अस्ट्रेलीयन सरकार, रेडक्रस, नेपाली सँस्थाहरुबाट राहत पाएँ।हामी फेसबुकमा हल्ला बढी गर्छौ तर सम्बन्धित ठाउँमा बुझ्ने कोसीस गर्दैनौ।सेवा सुबिधा लिन फेसबुकमा होईन सम्बन्धित निकाएमा बुझेर धेरै जानकारी लिन सकिन्छ। धेरै कुरा थाहा पनि हुन्छ।

