गायक कृष्ण काफ्ले र अस्मिता अधिकारीको सुमधुर स्वरमा रहेको “मेरो नशा नशामा तिमी” बोलको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक भएको हो ।
गीतमा अम्बिका गुरुङको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ भने भिडियोमा ओबी रायमाझी र अञ्जना कँडेलको अभिनय देख्न सकिन्छ।
क्रान्ति केसीको निर्देशन र निराजन केसीको सहायक निर्देशन रहेको यस गीतको भिडियोलाई अजय रेग्मीले खिचेका हुन ।
यस गीतको लागि टिकटिक प्रतीयोगीता पनि आयोजना गरिएको छ जसको समय यहि भदौ मसान्त सम्मलाई तय गरिएको छ। टिकटकमा धेरै भ्युज आउँने प्रतीस्पर्धीलाई नगद पुरस्कार २०००० रुपयाँ दिने जनाईएको छ।
भिडीयो हेर्न तलको लिङ्क क्लिक गर्नु होला

