eNepal

के तपाईले युजेके उर्फ उज्वल घिमीरेको उपदेश हेर्नुभयो (भिडियो सहित)

अस्ट्रेलीयाको मेल्बोर्न राज्यमा बसोबास गर्ने नेपालीहरु माँझ युजेके यानिकी उज्वल घिमीरेको नाम कुनै नौलो पक्कै होईन। उनी प्राय नेपालीहरुमाँझ चिरपरिचितनै छन्।प्रवासको ब्यस्त जिवनशैलीबाट थोरै समय उनीले गीतसङ्गीतलाई छुट्याउन थाले धेरै बर्ष भयो। गीत गाएर पैसो कमाउँछु हिट हुन्छु भन्ने सोच कदापी दिमागमा नलिएका उज्वलले आफ्नो आत्मासन्तूष्टीका लागि गीत गाउने गरेका छन्। समाजमा देखिएका बिभीन्न घटनाक्रमलाई शब्दमा उतार्दै आफ्नो वजिलो आबाजमा ती मनका आबेगलाई बिस्फोट गर्न माहिर छन् युजेके।

पछिल्लो समय मेकमनी रेकर्ड्स मार्फत आफ्नै युट्युब च्यानल यूजेके अफिसियलबाट  उज्जवले उपदेशको दायरा भित्र रहेर म आफुले आफ्नै लागि तयार पारेको “उपदेश” भन्दै नयाँ गीत ल्याएका छन् जसको सङ्गीत Youngwavgod (Devin Phillion)ले गरेका छन् भने म्युजिक, मास्ट्रड र भिडीयो मेल्बोर्न नेपाली समुदाएमाँझ चर्चीत र लोकप्रीय डिजे सौरभ ठुकुरी उर्फ मिस्टा चामलिङले गरेका छन्। त्यस्तै सबटाईटल पङ्कज अधिकारीको रहेको छ।

उज्वल घिमीरेले यसअघी मेरो देश, Aama-यस पाली दशैमा आमा आफ्नै युट्युब च्यानल मार्फत ल्याई सकेका छन्। र्यापको भुत चडेको एक दशक भईसकेको छ। उनी यसको छायाँबाट कति पनि बिचल्लित भएका छन्। उनी भन्छन् र्यापको भुत म भित्र गुम्सिएर बसेको छ, युजेके जागेको छ,अब लुकेका गुम्सिएका कृतीहरु भटाभट निकाल्छ। युजेकेलाई हाम्रो तर्फबाट अग्रीम बधाई तथा शुभकामना।

भिडीयो यस्तो बनेको छ  ⬇️⬇️

https://youtu.be/8YKxPyi-Ok0

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal