अस्ट्रेलीयाको मेल्बोर्नलाई आफ्नो कर्मभूमी बनाउँदै बिगतका केही वर्षहरु गीत सङ्गीत अनि कर्मलाई सँगसँगै लिएर अघि बढेका जुझारु अनि फरासिला सर्जक माधब न्यौपानेको शब्दमा एकपछि अर्को गीतहरु निस्कने क्रम निरन्तर चलेको छ। यो बर्षको हरितालिका तिजलाई लक्ष्क्षित गर्दै तीजको कोशेली स्वरुप “बिदेशको भूत हरियो डलर” बोलको गीत बजारमा ल्याएका छन् जसलाई खुमन अधिकारी र प्रिती आलेले स्वर दिएका छन् भने खुमन अधिकारी स्वमको सङ्गीत रहेको छ।
एमएम ईन्टर्टेन्मेन्ट एण्ड ईभेन्ट्सबाट निकालीएको यस गीतले युवाहरुको सपनाको देश अस्ट्रेलीया अनि अस्ट्रेलीया आउने चक्कर, आईएलटिएस्, डलरको भूतलाई राम्रैसँग चित्रण गरेको छ।
प्रकाश भट्टको निर्देशन रहेको यस गीतलाई कुमार रानाले मिक्सिङ गरेका हुन् भने सम्पादन बिष्णु शर्माले गरेका छन्। महेश खड्का, श्रृस्टी खड्का, प्रतीक्षा अधिकारी र स्वयम् माधव न्यौपानेको अभिनय देख्न सकिन्छ।

