ठाउँ अनि चलन अनुसार कुरा गर्ने तरिकामा पनि भिन्नता छ हाम्रो देश नेपालमा। छोरा छोरी अस्ट्रेलीया अमेरीका भएका आमा बालाई बिदेश भनेको पानी पधेरो धाए जस्तै भई सक्यो अस्ट्रेलीया। रोगका कारण अत्तालिएका देखी बाहेक धेरै आमा बाहरु खासै अत्तालिएका जस्तो देखिदैन। परको देश प्रदेश भन्ने दिनपनि हराउँदै गए। जहाज चडेको दश बार्ह घण्टामा पुगीने भए पछि खासै अत्यास नलाग्दो रहेछ। त्यस माथि जमाना अनुसार हात हातमा भएका स्मार्ट फोनले त्यो दुरीलाई झन् नजिक पारि दिएको छ।
आँखाले नदेखिन्जेल पो के हो के हो। नदेख्दा पो के गरे होलान्, खाएकी भोकै छन्, दुख पाएकी भन्नु। एकचोटी देखेर गए पछि खासै चिन्ता नलिने बताउँछन् बा आमाहरु। भन्छन् बरु नेपालमा पिर। फलानोको छोरो बिदेश छ भन्छन्। यसो गरगहना लाएर हिडे पनि लुट्लान कि मार्देलानकी भन्ने पिर। कमाएनी डरको मार। यहाँ काम गरेको छ, भनेको जस्तो खान पाएको छ। न डर छ।
आमा बासँग कहिले काँही भेट हुन्छ। कुरो गर्न मन लाग्छ। कतिको आत्तीनु भा छ भनेर सोध्दा खासै अत्तालिएको छैन भन्ने जबाफ पाउँछु। अलिकति मोटाईयो भनेर यसो दिनको एकपटक हिड्ने गरेको बताउँछन् आमा बा।बोरु उहाँहरुलाई नेपालको चिन्ता छ। हेर्नुहोस् भिडीयोमा⬇️⬇️

