eNepal

“मेरो देश” लिएर आए मेल्बोर्नका दीपक सापकोटा र माधव न्यौपाने

पछिल्ला केही बर्षदेखी मेल्बोर्नलाई कर्मभूमी बनाउँदै आएका दीपक सापकोटा र माधव न्यौपानेले आफ्नो जन्मभूमी प्रतीको मायाँ अनि राष्ट्रप्रेमलाई समेट्दै “मेरो देश ” शिर्षकको गीत MM Entertainment & Events नामक युट्युब च्यानलबाट हिजो सार्वजनिक गरेका छन्। 

सुगम संगीतका लोकप्रिय गायक शिव परियार र गायिका विद्या तिवारीको स्वरमा  रहेको मेरो देशलाई आराज केशव गिरिले संगीत भरेको हुन्।

देशलाई लात मारेर बिदेश भासिनेहरुलाई देशको मायाँ के लाग्थ्यो भन्नेहरुलाई गतिलो झापड दिदै कुनै रहरले कोही पनि बिदेश भाषिदैन, उसका अनेकन् बाध्यताहरु हुन्छन् तर देश माटोको मायाँ उसको रगतमा बगेको हुन्छ भन्दै मलाई जन्माउने कोखको कसम …म हुर्केको मेरो माटोको कसमखाँदै खबरदारी स्वरुप उक्त गीत बजारमा ल्याएका हुन्।

स्वाभिमानी जनताका लागि अतिक्रमित भूमि फिर्ता एक गौरवको विषय हुनुका साथै नेपाल आमाप्रतिको सच्चा दायित्व पूरा गरिनु पनि हो । भूमिलाई माताका रूपमा पुज्ने तथा श्रद्धा गर्ने विश्व भरीका नेपालीका लागि योभन्दा ठूलो कुरा अरू हुन सक्दैन। अरूको एक इन्च पनि भूमि लिन वा मिच्न नचाहने स्वाभिमानी नेपाली आफ्नो एक इन्च पनि भूमि नमिचियोस् भन्दै देशप्रेमको भावनाले ओतप्रोत गीत हेर्न तलको लिङ्कमा क्लिक गर्नु होला।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal