eNepal

सिमा विवादसँगै पटाक्षेप भएका रहस्यमय पाटाहरु

पाण्डवहरूले आफ्नो प्रतिज्ञा अनुसार वनवास र गुप्तवास पूरा गरेर कौरवहरूसँग आफ्नो राज्य मागे तर कौरवले पाण्डवलाई राज्य दिएनन् । कौरवहरू पाण्डवलाई राज्य फिर्ता नगरेका कारण कुरुक्षेत्रमा कौरव पाण्डवको युद्ध भयो । यो युद्ध १८ दिनसम्म चलेको थियो । महाभारतको युद्धपश्चात् भिम र अर्जुनको विवाद भयो । प्रत्येकले  युद्धमा धेरै योद्धाहरू आफूले मारेको भनेर घमण्ड गर्न थाले । यो देखेर कृष्णले ती दुबैलाई युद्धको सबै विवरण देखेको एउटा टाउको भएको ठाउँमा लिएर गए । त्यो टाउको बर्बरीकको थियो ।

 

महाभारतको युद्ध हुने कुरा सुनेर बर्बरीक आफूसँग भएका तीनवटा बाण लिएर जसको सेना कम छ त्यतैतर्फ सहयोग गर्ने भनेर आएका थिए । यो कुरा चाल पाएर ब्राह्मण भेषमा आएका कृष्णले बर्बरीकलाई तपाईंसँग तीनवटा मात्र बाण छन् कसरी लड्नुहुन्छ भनेर सोधे । यो सुनेर बर्बरीकले भने- “म एक्लैले करोडौं योद्धाहरू मार्न सक्छु । मेरो पहिलो बाण छोडेपछि त्यो बाणले मान्छेको मरण जहाँ छ त्यहाँ चिन्ह लगाएर फर्कन्छ । मेरो निसाना अचुक छ । अर्को बाण छोडेपछि त्यो मान्छेलाई मारेर फर्कन्छ ।” कृष्णले बर्बरीकको परिक्षा लिए । बर्बरीकले साँचो कुरा भनेको थाहा पाएर ब्राह्मणरुपी कृष्णले बर्बरीकको टाउको मागे । किनभने यदि बर्बरीक त्यो युद्धमा लड्न थाले भने उनलाई कसैले पनि जित्न सक्दैनथ्यो र सबैलाई उनले मार्ने थिए । यो सुनेर बर्बरीकले आफूलाई महाभारतको युद्ध हेर्ने इच्छा भएको बताए । तब कृष्णले महाभारतको युद्धकालसम्म बर्बरीकको टाउको जिवित रहने बरदान सहित उनको टाउको काटेर एउटा अग्लो रुखमा राखेका थिए । 

महाभारत युद्धको विवरण सुनाउन कृष्णले पाण्डवहरूलाई त्यही टाउको भएको ठाउँमा लिएर गएका थिए । त्यो टाउकोसँग पाण्डवहरूले युद्धमा कसले धेरै मान्छेलाई मारेर जित्यो भनेर सोधे । यो सुनेर बर्बरीकको टाउकोले भन्यो- “अरुले त केटाकेटीको खेल झैं गर्थे । यो युद्धका जति पनि ठुला वीरहरू थिए ती सबैलाई कृष्णले मार्थे भने द्रौपदीले तिनको रगत पिउने काम गर्थिन् ।” यो सुनेर भीमसेन र अर्जुनको घमण्ड शान्त भयो ।   

सिमा विवाद चर्किदै गर्दा नेपालको राजनीतिमा भारतीय ग्र्याण्ड डिजाइनको पटाक्षेप हुँदैछ । जेएनयुको किल्ला प्रयोग गरेर भारतका शासकले हजारौँ नेपाली मारेका क्रुर दृश्य पटाक्षेप हुँदैछ । यसरी नै मदन भण्डारी, राजा वीरेन्द्रहरुको अन्त्यको अन्तर्कथाका पाटा पनि नाटकका अन्य दृश्यमा पर्दा हट्दै जाँदा देखिँदै जानेछन् ।

लेखक डिकेन्द्र ढकाल

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

enepal