eNepal

आफ्नो माटोको माया देखाएकोमा मनिषालाई सलाम छ

आफू जन्मेको माटोको माया सबैलाई हुन्छ,  बिदेशमा गएर आफ्नो पहिचान बन्यो भन्दैमा आफ्नो माटोलाई बिर्सने  र कुल्चने कुरा हुँदैन, अहिले देशको सिमानाको बिषयलाई लिएर नेपाल र भारत बिच धेरै बिबादास्पद कुरा आईरहेको छ, त्यसै बिषयलाई लिएर चर्चित अभिनेत्री मनिषा कोईरालाले नेपालको पक्षमा बोलिन् भनेर भारतीय मिडियाहरुले जुन घिनलाग्दा कमेन्टहरु गरिरहेका छन् त्यसको जति निन्दा गरे पनि पुग्दैन, अभिनेत्री मनिषाले जे गरिन् त्यसका लागि सलुट गर्नैपर्छ। 

भारतमा गएर फिल्मी क्षेत्रमा काम गरेको र आफ्नो अभिनयले नाम कमाएको भन्दैमा भारतले गल्ति गरेर आफू जन्मेको माटोलाई खोस्न खोज्दा मनिषाले आफ्नो माटोको पक्षमा बोल्नु गलत हो र?

 अन्तिममा भारतमा बसेका सबै नेपालीहरुले देशका निम्ति बोल्ने बेला आएको छ,  नेपालको माटोमा जन्मेर भारतमा गएर आफ्नो पहिचान बनाएको भन्दैमा आफ्नो माटो बिर्सनु  धर्म हो त? पक्कै लाग्दैन, आफ्नो  पहिचान त्यहाँ  बनाएको भन्दैमा के भारतको गुलाम गर्नुपर्छ र?

 अभिनेत्री मनिषा कोईराला  नेपालमा जन्मेकी हुन्, उनीले भारतबाट सम्मान पाईन्, आफ्नो अभिनयले चर्चित भइन् त्यो सत्य हो तर उनको कारणले भारतमा कतिले रोजगार पाए? उनको फिल्मले गर्दा कति कर जम्मा भयो? कति भारतीय फिल्म निर्माताहरु सम्पन्न भए त्यो कुरा पनि त हेर्नुपर्छ नि। भारतले उनीलाई पनि दियो र उनीले पनि भारतलाई केही योगदान दिएकी हुन्, उनीले परिश्रम गरे बापत आफ्नो पारिश्रमिक लिएको भन्दैमा उनी भारतकी हुन सक्दिनन्!

 भारतका गुलाम गर्नेहरुलाई बेलैमा चेतना भया।

 मनिषाले तीनवटा  देशले छोएको सिमानाबिन्दुमा तीनवटा देश नै सामेल हुनुपर्छ भन्ने कुरा एकदम जायज हो, चिनलाई पनि सामेल गराउने भन्दा भारत किन आक्रोशमा आउनु? अन्तिममा मनिषाले जस्तै बिदेशमा गएर आफ्नो पहिचान बनाएका नेपालीहरुले अहिले आफ्नो माटोको बिषयमा बोल्ने बेला आएको छ।

जय  देश नेपाल

कमला प्रसाईं, हाल अमेरिका

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal