eNepal

भाइरल हुने बहानामा न्यूनतम मानवीय मूल्य र मान्यतालाई पनि न बिर्सउँ

म बिदेशमा बस्छु। म बसेको ठाउँमा पनि कोरोना भाईरसबाट धेरैको मृत्यु भयो। मिडीयाले समाचार ल्याउँदा को मरेको भनेर कहिलै खुलाएन। सरकारले तथ्याङ्क दिएपछि बल्ल मिडीयाले समाचार बनाए। को मर्यो, कहाँ मरे। लाशलाई कहाँ लगे अहँ केही अतोपत्तो पाईएन। तर मेरो देश नेपालमा उस्तै परे सास जान लागेको भिडीयो लाईभ देखाएर भाईरल हुन खोज्छौ। कोरोनाले मरेका बिरामीलाई जलाउन लगिएको ठाउँको भिडीयो खिचेर समाचार बनाउँछौ। हामीलाई अरुको परिस्थितीसँग कुनै मतलबनै छैन। मर्ने त मरेर गए बाँच्नेलाई कति चिन्ता होला। मतलव छैन, त्यस्तै परे मरेकाको सात पुस्ता खोतलेर समाचार बनाउन हतार गर्छौ। 

मृतकको तस्बिर राखेर समाचार बनाएर समाचार बनाउन पाए हिट हुन्छु भन्ने छ हामीलाई जबकी पिडीतहरुलाई त्यो खवरले कस्तो बनाएको छ मत्लब राख्दैनौ।मान्छे नमरीकनै मृत घोषणा गर्न हतारिन्छौ। 

थाहा छ यदि यसरी समाचार आउन थाले भने भोली कुनै अस्पतालमा पनि कोही बिरामी जाँदैनन्। कोरोना सङक्रमीतलाई राखिने ठाउँ गोप्य राखिनु पर्छ। समाचार दिदा पनि बिचार पुर्याएर दिनु पर्छ। होईन भने कोरोना सङ्कमीत राखेको अस्पतालमा को चाँही जान्छ। आईसोलेसनमा राख्नलाई सुबिधा चाहिन्छ। छाप्रामा राखेर आईसोलेसनमा राखिएको भन्न मिल्छ। 

नेपालमा कोरोना संक्रमितको मृत्यु भएपछि त्यसले सृजना गरेको भय, त्रास अनि घृणाले सामाजिक सञ्जाल भरिएका छन्। अझ अनलाईनका ताईनतुईका हल्लाले झन् मान्छेमा भय श्रृजना भएको छ।

कोरोना संक्रमितले मृत्युवरण गरेमा विदेशमा  फ्यूनरल होम (शवदाह गृह)ले उचित व्यवस्थापन गर्छ तर नेपालमा त्यस्तो छैन। अस्तीको घटना हेर्नुहोस् न। कोरोना भाईरसबाट मृत्यु भएकी महिलालाई पशुपतीको शवदाह गृहमा दाहसँस्कार गरियो। त्यसको भिडीयो समेत आयो। अव मान्छेहरु त्यहाँ लाश जलाउन समेत डर मान्न थालेका छन्। काम गर्ने कर्मचारी देखी शवदाह गर्ने कर्मचारीहरु सबैले काम गर्न मानेका छैनन्। के त्यो हल्ला गर्न जरुरी थियो। गोप्य राख्न सकिदैन थियो!!!

त्यसैले यो बेला अनियन्त्रित सूचनाको प्रवाह रोक्न सूचना दिने संयन्त्रको पनि उत्तिकै उत्तरदायित्व हुन्छ। संक्रमितको नाम र फोटो सार्वजनिक गर्ने होड देख्दा लाग्छ हामी यहि पर्खाइमा थियौं। कति खेर मर्लान र समाचार बनाउँला भनेर। किनकी हामीलाई सस्तो भाईरल हुनु छ।भाइरल हुने बहानामा न्यूनतम मानवीय मूल्य र मान्यतालाई पनि न बिर्सउँ॥

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal