eNepal

मेरो देशको सिङ् पलाएको दिन

सुतेर उठ्दा देशको सिङ पलाएको खबरले छात्ती फुलेर आयो। देशको क्षेत्रफल १,४७, १८१ वर्ग किमी भनेर पढ्दै भन्दै आएको म एकाएक नेपालको क्षेत्रफल अब १ लाख ४७ हजार ४९१ वर्गकिलोमिटरमा फैलीएको समाचार सुन्दा कुन चाँही नेपालीको मन खुसी नहोला र। यसको अर्थ ३१० वर्गकिलोमिटर भूभाग थपिए छ नेपालको। 

भारतले ५८ वर्षदेखि कब्जा गरेको कालापानीदेखि लिम्पियाधुरासम्मको तीन सय १० वर्गकिलोमिटर क्षेत्रफलको भूमिसमेत समावेश गरेर सरकारले नयाँ नक्सा स्वीकृत गरेको छ । सोमबारको मन्त्रिपरिषद्ले स्वीकृत गरेको नक्सा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले एक–दुई दिनमै विशेष कार्यक्रम गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । 

अब नयाँ नक्साबमोजिम निशान छाप, पाठ्यपुस्तकहरू र सार्वजनिक प्रयोगमा ल्याइने देशको नक्सा अद्यावधिक गर्ने सरकारले जनाएको छ । ‘सरकारले हाम्रा सबै प्रशासनिक र अन्य प्रबन्धहरूमा प्रयोग गर्ने गरी नयाँ नक्सा स्वीकृत गरेको छ । नक्सामा हाम्रा अन्तर्राष्ट्रिय सिमानाहरूमा खासगरी नेपालको पश्चिम–उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ । हाम्रो संघीयता अनुरूपका प्रदेश, स्थानीय तहहरू पनि समेटिएका छन्,’ मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री युवराज खतिवडाले भने, ‘नयाँ नक्साबमोजिम अब निशान छाप, पाठ्यपुस्तकहरू र अन्य सबै सार्वजनिक प्रयोगमा ल्याइएका नक्सा अद्यावधिक गरिन्छन् ।’ नेपाल सरकारको निर्णय ऐतिहासिक अर्थतन्त्र, जनसंख्या,भूगोलले देश साना ठूला होलान तर सार्वभौमता समानता हुन्छ।

आज कम्तिमा धेरै डरका बाबजुद नेपालको बास्तबिक भूगोल ऐतिहासिक नक्शा देख्न पाईयो। यहि नक्शाले फेरी नेपालले नाकाबंदी वा यस्तै कुनै दुख फेरी भोग्नु नपरोस ।बिगतको अबस्था बोल्नै नसक्ने थियो तर आज परिस्थिति बदलिए छ।

पहिले थिचोमिचोमा परियो तर समय परिबर्तनसँगै आवाज उठाउन थालियो। सरकारलाई झक्झकाउन थालियो। विश्वका नेपालीको एक मुख भयो।अब चुप लागेर बस्न कोही पनि हुन्न। सबै खाले सिमा समस्या समाधान गर्नुपर्छ।

नक्सा फेर्दैमा फेरी देशको खोसिएको सिमाना फर्क्यो भनेर उक्सिहाल्ने समय पनि छैन।व्यापक जन दबाब पछि सरकारले नक्सा सच्चाएको छ जुन निर्णय स्वागतयोग्य छ । अब यसलाई संसदले अनुमोदन गरि संविधानमा पनि अंकित गरीयोस्। भारतले कब्जा गरेको भुमी फिर्ता गर्न पनि कदम चालियोस।नापी बिभागले त्यसलाई व्यवहारीक रूप दियोस्। कम्तिमा विवाद समाधान नहुन्जेल सम्म भारतीय गतिविधि त्यहाॅ तत्काल रोक्न सुचना जारी गर्न सकिन्छ। विशेष गरी भारतीय ब्यारेक तत्काल हटाउन अल्टिमेटम दिइयोस । भारतले बनाएको सडक तत्काल बन्द गर्न सुचना जारी गरियोस।

अतिक्रमण भएकाे भूमि समेटेर बनाएकाे नेपालकाे नक्शाकाे रूपमा पारित गरिएकाे ऐतिहासिक निर्णयप्रति नेपाल सरकारलाई धेरै धेरै धन्यवाद  तथा अविवादन।।।

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

enepal