नेपालको झण्डाबाहक नेपालीले गर्व गरेर हाम्रो हवाईजहाज हो भनेर गर्व गर्दै गरेको प्लेन अठार घण्टा उडेर दोश्रो पटक अस्ट्रेलीयन नागरीक र पिआरधारीलाई लिएर कङ्गारुको देशमा टेक्दै गर्दा फेरी पनि सुन्दैछौ अस्ट्रेलीयाबाट खाली फर्किदै छौ रे। आखिरी किन खाली फर्काउँदै छौ दुई सय चालीस जनाको सिट झमता भएको प्लेनलाई।
सरकार किन लैजादैनौ यहाँ रहेका र जान खोजेका नेपालीलाई।चाहेर पनि बस्न नसक्ने आमा बाहरु आफ्नो आँगन टेक्न कति हतारमा छन्। कैयौ बिधार्थीहरु नेपाल फर्कन चाहाएका छन्। धेरै रोगी बा आमाहरु बोरु नेपालनै गएर औषधी उपचार गर्छु भनेर रोग लुकाएर बसेका छन्। थाहा छ ति आमा बालाई यहाँ उपचार महङ्गो छ भनेर। छोरा छोरीको पैसा सकिन्छ भनेर अलीअली दुखे पनि केही भाको छैन भनेर प्लेन चल्ने बित्तिकै नेपाल जान्छु अनि औषधीमुलो उतै गर्छु भनेर आफ्नो रोग दबाएर बसेका कैयौ आमा बाहरु अत्तालिएका छन्। यीनलाई लाने पहल किन गर्दैनौ नेपाल सरकार।
उताबाट दुई चोटी अनुमती दिदै गर्दा यताबाट नेपालीलाई लैजान तिमीलाई के ले रोकी रहेको छ नेपाल सरकार। देश कोरोना महामारीको त्राही त्राही भई रहेको बेला तिमीहरुलाई सत्ता, पाटी बिभाजन, मन्त्रीमण्डलको बागबण्डाको पौठेजोरी खल्दै ठिक्क छ।
विश्वका सबै रास्ट्रले आफ्नो देशका नागरीक लैजादै गरेको टुलुटुलु हेरी रहँदा तिमी बिदेशमा अलपत्र परेका, फर्किन चाहेका नेपालीलाई आफ्नो देश फर्काउन किन चाहाँदैनौ।
रोग सर्छ भनेर हो। रोग सर्छ भने त्यसलाई सर्न नदिने उपाए पो अघी सार्ने हो।क्वारेन्टाईनमा राख्ने हो। ।राख्ने ठाउँ नभए होटलहरु प्रयोग गर्ने हो। बिधालयहरु प्रयोग गर्ने हो। खाली रहेका ठाउँ प्रयोग गर्ने हो। चौध दिन राखेर नागरानी गर्ने हो। जनताको ट्याक्स लिए पछि उनीहरुलाई रेखदेख गर्ने काम सरकारको हो कि होईन।अन्य प्रायोजनलाई छुटाईएको बजेट कटाएर भएपनि यो माहामारीमा जनतालाई हेर्न पर्ने हो कि होईन।
फेरी समाचार पनि सुन्छन् नै होला। विश्वमा कोरोनाको माहामारी स्थिती कस्तो छ अवगतनै होला। अस्ट्रेलीयाको केसमा खासै अत्तालीने अवस्था छैन। दिनानुदिन केसहरु घटि रहेका छन्। अस्ट्रेलियामा केहि समय यता कोरोनाका संक्रमित प्रतिदिन ४० भन्दा कमको संख्यामा देखिदैं आएको छ।संक्रमण नियन्त्रणका लागि सरकारले पछिल्लो समय अपनाइरहेको उपायले संक्रमणमा कमी आएको छ। सरकारले लगाएको नियम जनताले पालना गरेका छन्।
ए सरकार आफ्नो घर फर्कन चाहनेलाई आफ्नै ध्वजाबाहक हवाईजहाजमा सुरक्षितसँग घर जाने ब्यवस्था मिलाउनु पर्छ। सक्छौ सित्तैमा लैजाउ सक्दैनौ टिकट दर तोक। तिरेर जान सक्ने सामर्थ्य राख्छन् नेपालीहरु।बस् उनीहरुलाई आफ्नो घर अनि देश फर्कनु छ। लैजान सक्दैनौ भने बस र प्लेन ल्याण्डिङको आज्ञा देउ।दुई हप्ताको क्वारेन्टाईनमा समेत आफै बस्न सक्ने सामर्थ्य राख्छन् नेपाली।
अस्ट्रेलीयन सरकारले आफ्ना नागरीकलाई लकडाउनको समयमा सुरक्षीत साथ ल्याउन सक्छ भने नेपाल सरकारले किन सक्दैन। प्रवासमा नेपालीको पिर मार्का हेर्ने भनेको नेपाल राजदुताबासले हो। उसले नेपाल सरकारसँग वार्ता गरेर यो कुरोको छिनोफानो लगाउन पर्ने हो। सँघ सँस्थाहरुलाई जति गाली गरेपनि उनीहरुले गर्ने केही पनि होईन। मात्र मध्यस्थकर्ताको भुमीका निभाउन सक्छन्। यस अघिनै अस्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालले अस्ट्रेलीयामा रहेका नेपालीलाई स्वदेशमा फर्काउनका लागि पहल गरेको तर नेपाल सरकारको निर्णय अनुरूप कार्यान्वयन हुन नसकेको उनले बताएका छन्। आखिरी नेपाली सरकार हेर्दैछ चाँही के???

