eNepal

अस्ट्रेलीयाको फार्ममा काम गर्न जाँदै गर्दा ध्यान दिन पर्ने कुराहरु

अस्ट्रेलीयामा कोभीड १९ को महामारीको कारण धेरै बिधार्थीहरुले आफुले गर्दै आएको काम गुमाएका छन्। बिशेष गरेर हस्पिटालीटी क्षेत्रमा काम गर्ने भाई बहिनीहरुलाई कोरोना भाईरसको प्रत्यक्ष असर परेको छ। यो सङ्कटको समयमा केही अर्थपार्जन गर्ने हेतुका साथ धेरै बिधार्थीहरु बिभीन्न राज्यका फार्महरुमा काम गर्न जान बाध्य भएकै छन्। 

फार्ममा काम गर्न जाने सोच बनाएका भैई बहिनीहरुलाई मेल्बोर्न बस्दै आउनु भएका बिजय कट्टुवालले केही सल्लाह र सुझाब दिनु भएको छ 

⚫️अहिलेको यो महामारीमा फार्मको काम बेस्ट ओप्शन हो । आफ्नो साथी सर्कलमा कनेक्सन बढाएर र आफु पनि घरम़ा यतिकै बस्दा फार्म एरिया तिर काम खोज्ने र आबेदन दिने गर्नुहोस ।

⚫️फार्म मा कहिले पनि कमाई एउटै हुँदैन । कुनै हप्ता राम्रो कमाई भयो भने अर्को हप्ता कम हुन सक्छ र कुनै बेला २/४ दिन रुम मै पनि बस्नु पर्ने हुन्छ त्यस्तो बेला न आत्तिनु धैर्य गर्नु ।पछि फेरी राम्रो हुन्छ ।

⚫️अहिलेको यो महामारीमा पैसा धेरै कमाउने सोच भन्दा पनि आफु कसरि survive  हुनु सकिन्छ त्यसमा ध्यान दिने हो । कम्तिमा कसैको राहतको पर्खाइमा बस्नु नपरोस । राहत खानु मज्जा हुदैन । आफ्नो पाखुरीमा जिउदा छुट्टै मजा हुन्छ र आनन्द पनि हुन्छ ।

 

⚫️फार्म मा काम गर्दा sunscreen क्रिमको प्रयोग गर्ने र अनिबार्य रुपमा ? लगाउने, पानी पर्दा नभिज्ने रेन्प्रोफ ज्याकेट लगाउने 

आफ्नो अनुहार र नाकमा धुलोको एलर्जी छ भने मास्क ? or रुमाल प्रयोग गर्ने ।

⚫️काममा जाने अघिल्लो दिन नै खानेकुरा बनायर राख्ने र भोलिपल्ट खाजा लैजाने अनि प्रसस्त मात्रामा पनि पिउने ।

बिहान बेलुका र दिउसो आफ्नो लागि ५/१० मिनेट समय निकालेर सामान्य शारीरिक ब्यायामहरु गर्ने। काम गरिराखेको बेला पनि गर्नु पाइन्छ । 

⚫️फार्म ऒनेर र कन्ट्रयाकटर संग राम्रो व्यवहार गर्ने र फ्रेन्डशिप स्किलहरु बढाउने जुन एकदमै महत्तोपुर्ण हुन्छ र आफुलाई काम गर्न पनि कोमफोर्ट फील र रमाइलो हुन्छ । 

⚫️काम गर्दा आफ्नो सुरक्षा र सेफ्टी मा ध्यान दिने ladder प्रयोग गर्दा होस् या कुनै मेशिनरी चिज आफु सधै सतर्क रहने र आफुलाई थाहा नभएको कुरामा मलाई आउछ भनेर अघि सरि गोर्खे घमण्डी नदेखाउने फेरी आफै दुख पाइन्छ ।

⚫️बिदा भएको दिन अरु काम हरु खोज्ने, किताब पढ्ने research गर्ने आफ्नो कमी कमजोरीहरु सुधार्ने.

⚫️सिटीमा पनि अब को १/२ बर्ष केहि हुदैन सबै ब्यबसायहरु बन्द छन् र संचालनमा आउनु  समय  लाग्छ । त्यहि भएर सकेसम्म फार्म मै काम गरेर टिक्ने कोसिस गर्ने र समयको सदुपयोग गर्ने । 

⚫️हामी नेपालीहरुमा रक्सि खाएर झगडा गर्ने परम्परा छ त्यस्तो कुरा बाट टाढा रहने र आफु अस्ट्रेलिया किन आएको र मैले के गर्नु पर्छ भनेर जिम्मेवारी बहन गर्ने 

⚫️धेरै खर्च गर्ने बानी छ त्यसलाई घटाउने र सकेसम्म धेरै बचत गर्ने बानी बसाल्ने।

⚫️आफ्नो Online class हरु रेगुलर attend गर्ने र समय मा assignments हरु गरेर बुझाउने, कलेजसंग निरन्तर सम्पर्कमा रहने सके सम्म समयमा फी बुझाउने। 

⚫️काम गर्दा होस् या रूम मा बस्दा होस् सके सम्म आफ्नो सामाजिक दुरी कायम गर्ने अनि अनुशासनमा बस्ने ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal