eNepal

रोईलो गर्नै पर्दैन, खातामा पैसा छ भने चुपचाप बस्दा हुन्छ

पहिलो कुरो हामी नेपाली हौ बिनासित्तैमा हरेष खान जानेकै छैन। दुखसँग अत्तालिने हाम्रो रगतमै छैन। नुनको ढिको चुसेर पनि बाच्न सक्ने हामी नेपाली सानो तिनो हावाहुरीले कहाँ डग्मगीन्छौ र। हामी नातागोता, भनसुन, तिरोभरो गर्न पनि अब्बलनै ठहरन्छौ। यताको जस्तो बाटोमै माग्न पर्ने अवस्था सम्म हामी पुग्दै पग्दैनौ। 

सापटी चलाउन पनि हामीलाई कसले भेट्ने। अब त्यस्तै कोही कैही औलामा गन्न मिल्नेहरु गतीनै छाडेर, कमाएको पैसा पनि क्यासिनो र यौवनमा बुझाएर भोलीको बेवास्ता गर्नेहरु देखी बाहेक प्राय हामी सबैले कमाएको पैसो केही बचत गरेकानै हुन्छौ। त्यो हामीलाई देशले, गरिबीले, आमा बाको सँस्कारले सिकाएको छ।सन्दुकमा लुकाएका पैसाले बजारमा गएर नुन र तेल लिएर साँझको छाक टारेर हुर्केका हामी त्यसै बिचलित त पक्कै हुँदैनौ।

दुनीयाँ चाक पुछ्ने टोईलेट रोलको पछाडी दौडिदै गर्दा गमक्क परेर पानी भईन्जेल नो प्रोबलम भनेर बोरु लोटा बनाउन तिर लाग्ने मान्छे हौ। चानचुने मान्छे हौ र। 

फेरी आज बजारमा रोईलो गर्दैछन् प्रधानमन्त्रीले आफ्नो देश फर्क भन्यो भनेर। बस्न सक्दैनौ भने फर्कने तिर सोचौ भनेका हुन् तिमीहरु फर्कि हाल कहाँ भनेका छन् र। यहाँ भन्दा राम्रो तिमीहरुको देशमा छ भने बोरु जाउ भनेर भनेका छन्। सक्छौ र आफुसँग यहाँ बस्नलाई पुग्ने जोहो गरेका छौ भने बस्दा केही फरक पर्दैन। तिमीहरु तुरुन्तै जाउ, गई हाल भने जस्तै गरि अत्तालिएर फेसबकमा रोईलो गर्नै पर्दैन।

फेरी उनले यो पनि भनेका छन् तिमीहरु आउँदा एक बर्ष सम्मको व्यबस्था आफै गर्छौ भनेर सही गरेर आएका छौ। अव तिमीहरुले आफ्नो व्यबस्था आफै गर भनेका छन्। आफ्नो सुरक्षा आफै गर्न नस्कने अवस्था भए आफ्नो देश फर्किन सुझाव मात्र दिएका हुन्। उनको ठाउँमा उनी ठिकै हुन्। हामी पो गएको भोली पल्टबाट घण्टा हानेर पैसो छाप्ने सोचका साथ आएका हौ।

अव लाखौको लगानी गरिएको हुन्छ, फुत्त फर्केर जाउ के भन्दै जाउँ। आएको बर्ष दिन भन्दा बढि भएकाले त आफ्नो जोहो गर्छन्। अलिअलि राखेकै हुन्छन्। त्यस्तो अत्तालिनै पर्दैन। तर भर्खर आएकाहरुमा भने केही तनाब हुने पक्कै देखिन्छ। न कामको अवसरनै छ यो बेलामा। यस्तो स्थितीमा भने फर्किदै राम्रो हुन्छ। होईन भने कहिले सम्म यसरी टिक्ने भन्ने प्रश्न आउन सक्छ। 

उता हाम्रा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले यहाँ नेपाल रहेका अन्य मुलुकका नागरिकको सरकारले जिम्मा लिने र बाहिर मुलुकमा रहेका नागरिकको सोही देशको सरकारले जिम्मा लिने विश्वास व्यक्त गरेका थिए ।तर त्यो विश्वास केवल भाषणमा मात्रै सिमीत रहने भयो।

यो बेला भनेको अत्तालीने बेला पक्कै होईन। सम्यम्ता अप्नाउने बेला हो। ६३/६३ को आन्दोलन पचाईयो, ७२ सालको महाभुकम्प पार लगाईयो। अब यो महामारी पनि कसो पार नलाग्ला। धैर्य गरौ। फेरी हामी उठ्नेछौ। काम हान्ने छौ अनि डलर कमाउने छौ

#सकारत्मक_सोच

Photo Credit: STEVEN SAPHORE/AAPIMAGE

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal