eNepal

एक बोरा चामल र दुई किलो दालले कहिले सम्म टिक्ने

सपनाको देश अस्ट्रेलीया। आएर मस्त काम हानिन्छ पैसो कमाईन्छ। मोजको जिन्दगी जिईन्छ। सबैले यहि सोचेका हुन्छन् अस्ट्रेलीया गईन्छ, केही काम नपाएनी भाँडा हान्ने काम त पाई हालिन्छ। साथीभाईका केही समय बसिन्छ। पैसो कमाउन थाले पछि आफै कोठा खोजीन्छ अनि सोचेको जिवन जिईन्छ।

के के नै हुन्छ, के केनै लछारपाटो लाईन्छ भनेरनै आउने हो सबैजना।तर यो बढेमानको देशमा न बस्ने बासको टुङ्गो छ न त गाँसकोनै।

एक त लाखौ खर्च गरेर थाप्लो भरी ऋणको भारी बोकेर आईएको हुन्छ ताकि जतिसक्दो चाँडो काम हानेर ऋणबाट उन्मुक्त पाउँ। ल्याएको पैसापनि यताउता सुगाँउदै सकिएको पत्तै हुँदैन। 

हिजो एउटी बहिनीसँग कुरा भयो। कोरोना भाईरसको महामारी छ। क्याफेको काम पनि फुत्कियो। भन्दै थिईन यहि बेलामा नेपालबाट बुवाको साथीको छोरा आएको छ। अहिले नआउ भन्दा भन्दै लकआउट हुने एकदिन अगाडीको टिकट काटेको रहेछ। चौध दिनको क्वारेन्टाईनको लागि होटेलमा बसेको छ। नेपालबाट लिएर आएको पैसा पनि सकियो। धन्न गेम खेलेर दिन कटाएको छ। अनि खानाहरु भनेर प्रश्न गरे। भन्दै थिईन नेपालबाटै चाउचाउहरु लिएर आएको रहेछ। त्यहि खायो अनि कहिले काही हामी साथी मिलेर खाना लग्दिन्छौ। भोली किवारेन्टाईन सकिए पछि हाम्रो कोठामा लैजान्छौ।तर अव के गर्ने बिचरा बहिनीनै आत्तिएकी जस्ती देखिन्थिन्।

उनी भन्दै थिईन मैले त अहिले नआउ, टिकट सारेर पछि आउ। तर उसलाई लाग्यो होला छिरे पछि छिरेको छिरै हुईन्छ। काम शुरु गरिन्छ।तर उसले सोचेको जस्तो केही भएन।

एकातिर बहिनी स्वम् काम नभएर आफै तनाबबाट गुज्रीएकी छिन्।अर्को तिर साथीलाई के गर्ने केही अतोपत्तो छैन।

घरमा भएका साथीहरु पनि सवैको काम छैन। कोही हाउसकिपीङ गर्थे, कोही रेस्टुरेन्टमा। दुईवटै काम फुत्किए। घरमा भएको खाने कुरा पनि घरमा सबै चौबिस घण्टा बसे फचि खाएर चाँडै सकिने। नखाउ भन्न पनि नसकिने। कमाई पनि कसैको छैन। 

भर्खर आएको साथीलाई के गर्ने दोधारमा छिन् उनी। न अहिले कुनै काम पाईन्छ, न कलेजमानै पढाई। अव नेपाल फर्केर जाउ अहिले भनौ कसरी भनौ।आएको दुई हप्ता हुँदैछ। कोठामै राखौ कहिले सम्म राख्ने अनि कहिले सम्म पाल्ने। फेरी यो कोरोना भाईरसको महामारी कहिले सम्म हो त्यो पनि पत्तै छैन।

अर्को तिर समुदायका सँघ सँस्थाहरुले भर्खर आएका बिधार्थी भाईबहिनीहरुको लागि खाने सामाग्री दिदै हुनुहुन्छ रे। त्यो अत्यन्त सराहनिय काम हो। बहिनी भन्दै थिईन् खाना खानै नपाएर त कसैको बिचल्ली न होला। भोकभोकै त कोही नबस्ला तर यहाँ त अव के गर्ने भन्ने तनाबले झन् आत्यास लाग्ने स्थिती आई सक्यो। एक बोरा चामलले केही दिन पेट त भरौला तर त्यस पछि के गर्ने। एकातिर काम छैन, कोठा भाडा कसरी तिर्ने। फुत्त नेपाल जाउँ, सबै ढोकाहरु बन्द छन्। नेपालबाट फोन गर्छन्। त्यतै आत्तिन्छन्। कस्तो स्थिती आयो केही सोच्ने अवस्थामा नरहेको बताउँछिन्। अब गर्ने के?

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal