बसन्त चौधरीको विश्व काव्य यात्राको मेल्बोर्न श्रृँखला २६ जुन २०१६ मा दिनको ३ बजे मेल्बोर्नको थोनबरी थिएटरमा हुँदैछ।नेपाली कला र साहित्यका पारखीहरुको लागि यो कार्यक्रम बिशेष महत्वको हुन सक्छ। साथमा स्मृती पोखरेलको सुमधुर स्वरमा बसन्त चौधरीका गीतहरु प्रस्तुती हुने कार्यक्रम रहेको छ।
नेपाल साहित्यीक धरातलमा बसन्त चौधरी खासै नौलो नाम भने होईन। सफल व्यापारी, उधोगपती अनि मानव समुदायको हकहितको काममा अग्रसर चौधरी साहित्यीक बिधामा पनि उतिनै अग्रसर रहेका छन्। नेपालको शिक्षा, स्वास्थ्य, खेलकुद र युवा सशक्तीकरणको क्षेत्रमा चौधरी फाउन्डेसनमार्फत अग्रसर बिनोद चौधरी गीत सङ्गीत लेखनमा पनि उत्तीकै सक्रिय रहेका छन्। रिफ्लेक्सन अफ लभ र मोमेन्ट्स अफ लभ नामक एल्बम निकालेका चौधरीका केही चर्चीत गीतहरु मध्य शान्ती लुकाउँ कहाँ, तिम्रो आँखा हेर्दै, चाहेछ बसन्त जस्ता गीतहरु नेपाली सङ्गीतिक झेत्रमा निकैनै लोकप्रिय गीतहरुमा पर्छन्।


