eNepal

भने पछि प्रियङ्काले दोश्रो विवाह गर्नु गल्ती थियो

ए संसार भरि छरिएर बसेका गाँडु हो पहिलो कुरो अरुको व्यक्तिगत जिन्दगीको बारे जजमेन्टल बन्ने हामी नेपालीको बानी कहिलै नसुध्रिने भयो। कसले के गर्यो त्यो गरेन भनेर अर्काको चियो चासो खोजीनिती गर्न हामीलाई जती कसलाई आउँछ र। 

ट्रोल बनाउनुको नि हद हुन्छ। कसैको पुरानो कुरा कोट्याएर यस्तो थियो उस्तो थियो भन्दै रमाईलो गर्दै गर्दा आफु त्यो ठाउँमा उभिएर सोचौ त। आफुलाई कसैले त्यहि कुरा गर्दियो भने पचाउन सक्नु हुन्छ। मायाँ प्रेममा मज्जा उढाएर के पाईन्छ। फेशबुकमा लाईक पाईन्छ भन्दै कसैको जोडीलाई फेसबुकमा राखेर खिल्ली कहिले सम्म उडाउने। कमसेकम अलिकती विवेक लगाएर सम्मान पनि गर्न सिकौ न। 

गएको चिज गयो सकियो अव केही नयाँ गर्न जिवनका घुम्ती पार गर्नै लाग्दा कहिले काँही एकै रफ्तारमा गाडी नहिडे पछि ब्रेक लगाएर यसो ईन्जिन हेरेर हेरफेर गरेर पुनः रफ्तारमा जिवनरुपी यात्रालाई अघाडी लैजाँदा दुनियाँको टाउको किन दुख्ने। 

के हाम्रो समाजले दोश्रो बिवाहा अझै   नस्विकारेको हो। भन्दा बोल्दा मात्रै ठूला गफ कहिले सम्म। खै त व्यबहारमा। बिवाहाको बधाई दिनु त कता कता हामी तिनैको ट्रोल बनाउँछौ।

अरे यार गर्ने ले गर्छ, हुनेले देखाउँछ। जे सुकै गरुन् जस्तो सकै गरेर फोटो खिचुन् त्यो नितान्त उनीहरुको बिषय हो। जिन्दगी भनेको सर्प्राईजको पोको हो। जति जिवन सर्प्राईज बन्छ त्यति रोमाण्चक हुन्छ। अनि जति जिवन रोमाण्चक बन्छ त्यति जिन्दगी सुमधुर बन्छ। तपाईलाई चटक लागे पनि उनीहरुलाई जिवनको स्मरणीय पल लाग्न सक्छ।

बिगतलाई कोट्याउनुको कुनै औचित्य छ। यस्तो थियो उस्तो थियो भनेर दाँझ्ने तपाई को बक्लौल हो। सकिन्छ बधाई दिउँ सकिदैन ट्रोल बनाएर उडाउँदै कसैको जिवन माथि खेलबाड नगरौं। 

जदौ?

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal