मेल्बोर्नमा आफ्नो छुट्टै पहिचान बनाउने क्रममा रहेको म्याजीक क्रियुले नाचँको माध्यमबाट शरीरलाई स्फूर्त राख्न सबै भन्दा राम्रो व्यायाम जसले शारीरिक रुपमा तन्दुरुस्त त बनाउँछ नै यसको अलाबा मानसिक रुपमा पनि सबल बनाउँछ। कामको तनाब, कलेजको तनाब, घर परिवारको तनाव, व्यापार व्यबसायको तनाब यस्ता यावत तनाबहरुले झेलिको परदेशी जिन्दगीमा एकछिन भए पनि नाँचौ झुमौ, मित्रता बढाउँ भन्ने हेतुले The Magic Crew ले हरेक दुई हप्तामा निशुल्क जुम्बा नाँचको कार्यक्रम संचालन गर्दै आएको छ।
हेरीटेज ट्राभल एन्ड टुर्सले प्रायोजन गरेको निशुल्क जुम्बा नाँचमा धेरैको सहभागीता होस भनेर हरेक कार्यक्रमहरमा नाँचका किसीमहरुलाई परिमार्जीत गर्दै लैजाने आयोजकले ईनेपाललाई बताउनु भयो।गएको कार्यक्रममा महानुभावहरुको उल्लेख्य उपस्थीतीले आफुहरुमा थप मनोबल बडेको र र अब छुट्टैनै अर्को कार्यक्रमको मिती तय गर्ने जनाएको छ।

नाँच्ने कला भएकोले मात्र हैन जो कोहीले स्फुर्त रुपमा भाग लिन पाउने यो कार्यक्रमले बिशेष गरेर बिधार्थीहकुलाई लक्ष्क्षीत गरेर निशुल्क कार्यक्रम गर्दै आएको छ। सबै उमेर समुहले भाग लिन पाउने यो कार्यक्रममा भाग लिनेहरुले पनि भर्पुर मनोरन्जन लिेने गरेको पाईएको छ। हरेक कार्यक्रममा मानिसहरुको सङ्ख्या बढेको पाईएको छ।
https://www.facebook.com/Magic.Crew.Nepal/posts/1737615049818823


