eNepal

पेट पाल्न चिया बेच्थे फुटबलर पेले

पेलेलाई विश्वका महान् फुटबलर मानिन्छ । आखिर के कुराले उनलाई महान् बनाए त ? विश्वमा सायदै यस्तो कुनै खेलप्रेमी होला जसले ब्राजिलका महान् फुटबलर पेलेलाई नचिनोस्, नजानोस् । तीनपटक फिफा विश्वकप च्याम्पियन बनेका पेलेले बाल्यकालमा आफ्नो खर्च जुटाउनका लागि चिया पसलमा काम गर्नुपरेको थियो । ७७ बर्षीय पेले आफ्नो मेहनत लगनशीलता र खेलकै कारण विश्वका महान् फुटबलरमध्ये गनिए ।

 

फुटबलका लागि पैसा थिएन

सन् १९४० मा ब्राजिलको मिनास ग्रासिया शहरमा उनको जन्म भएको थियो । उनी गरिब परिवारका एक सदस्य थिए । कतिसम्म गरिब थिए भने, उनीसँग फुटबल किन्नलाई पनि पैसा थिएन । उनी पत्रिका मोडेर मोजामा घुसार्थे र त्यसैको फुटबल बनाएर खेल्थे । यहीँबाट उनको फुटबल यात्रा सुरु भएको हो ।

पकेट खर्च र पेट पाल्नका लागि चिया बेचे

गरिबीसँग जुधिरहेका पेलेले आफ्नो स्कुले दिनमा पकेट खर्चका लागि एक चिया पसलमा काम गर्न थाले । दोकानमा काम गरेपछि उनी आफ्नो ध्यान पढाइमा लगाउँथे । यती हुँदाहुँदै पनि उनले फुटबल खेल्न भने छोडेनन् । गल्लीमा साथीभाइसँग फुटबल खेल्दै जाँदा उनको प्रतिभा पनि निखारिँदै गयो ।

पेलेको वास्तविक नाम

धेरै कमलाई थाहा होला कि, पेलेको खास नाम एडिसन हो । पेलेका पिता अमेरिकी महान् वैज्ञानिक थोमस एडिसनलाई मन पराउँथे । यसैकारण उनको नाम पनि एडिसन नै राखिदिए । कागजातमा पेलेको पूरा नाम एडिसन अराटेन्स डो नासिमेण्टो छ । पेले नाम पनि गल्तीका कारण रहेको हो । स्कुले दिनमा उनी स्थानीय खेलाडी बिलेसँग प्रभावित थिए । तब साथीहरुले पनि उनलाई बिले भनेर बोलाउन सुरु गरे । तर, बिले शब्दको सही उच्चारण हुन नसकेर साथीहरुले पेले भन्न थाले ।

तीन पटक वर्ल्ड च्याम्पियन बन्ने रेकर्ड

पेले मात्रै विश्वका यस्ता खेलाडी हुन्, जसको नाममा तीन पटक वल्र्ड कप जितेको रेकर्ड छ । उनले यो उपलब्धि सन् १९५८, १९६२ र १९७० मा हासिल गरेका थिए । पेलेले पहिलो अन्तर्राष्ट्रिय खेल ७ जुलाई १९५७ मा अर्जेण्टिनाविरुद्ध खेलेका थिए । तर, त्यतिबेला ब्राजिल १–२ ले हार्यो । यस्तै १९९९ मा पेले शताब्दीकै सर्वश्रेष्ठ खेलाडी बने ।

ब्युरो क्लबबाट करियन सुरु

सन् १९५३ मा पेलेले ब्युरो क्लबबाट आफ्नो करियरको सुरुवात गरेका हुन् । तीन वर्षपछि उनी ब्राजिलको सबैभन्दा ठूलो क्लब सातोंससँग जोडिए । त्यतिबेला उनको उमेर १८ थियो । करियरको अन्तिम चरणमा उनले तीन वर्षका लागि न्युयोर्क कस्मोस क्लबका लागि खेले ।

पेलेसँग जोडिएका नम्बर गेम

२ वर्ल्ड कप जित्ने विश्वका पहिलो फुटबलर १६ वर्षको उमेरमा पहिलो अन्तर्राष्ट्रिय गोल । ६१९ गोल सर्वाधिक सातोंस क्लबका लागि गरेको रेकर्ड । ७७ गोल सर्वाधिक ब्राजिलका लागि गरेको रेकर्ड ।

एजेन्सी

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनको विवाह स्थगित

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal

न्युजिल्यान्ड सरकार कोभिड रेस्पोन्स टिमको प्रिन्सिपल एडभाइजरमा डा.रमिल अधिकारी नियुक्त

enepal

वरिष्ठ भारतीय गायिका लता मंगेशकरलाई कोरोना संक्रमण, आईसीयूमा भर्ना

enepal