eNepal

सोमबारसम्मको खेलमा नेपालले ४९ स्वर्ण, खेल इतिहासकै ठूलो सफलता

तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) को दोस्रो अन्तिम दिनसम्म २७८ स्वर्ण पदकको छिनोफानो हुँदा नेपाललाई खेल इतिहासकै ठूलो सफलता मिलेको छ ।

सोमबारसम्मको खेलमा नेपालले ४९ स्वर्ण जितिसकेको छ । अझ स्वर्ण थपिने संभावना कायमै छ । विशेषगरी सागको अन्तिम दिन हुने फुटबलमा नेपालले जित्दै ५० स्वर्ण पुग्ने अनुमान गरिएको छ ।

किनभने, भुटान नेपाल भन्दा कमजोर देश हो । समूह चरणमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो । तर, उत्कृष्ट पुनरागमन गर्दै आफइनल आइपुगेको भुटानलाई डिफेन्डिङ च्याम्पियन नेपाल हराउँदै स्वर्ण संख्या बढाउने तयारीमा छ ।

नेपालले स्वर्ण संख्या पाँच नपुर्याउँदा समेत फुटबलमा स्वर्ण जितेको इतिहास छ । यसपटक भने नेपालले ४९ स्वर्ण सहित १८३ पदक जितिसकेकाले खेल इतिहासमै ठूलो सफलताका रुपमा व्याख्या गरिएको छ ।

सन् १९९९ को आठौं सागमा ३१ स्वर्ण जितेको कीर्तिमान सच्याउँदै अगाडि बढेको नेपालका लागि खेलाडीहरुले व्यक्तिगत रुपमा समेत थुप्रै कीर्तिमान बनाएका छन् । सागको अंक तालिकामा नेपाले ४९ स्वर्ण, ५१ रजत र ८३ काँस्य सहित दोस्रो स्थानमा छ ।

१४३ स्वर्ण सहित २६९ पदक जितेको भारत शीर्ष स्थानमा छ भने ३६ स्वर्ण जितेको श्रीलंका तेस्रो स्थानमा छ । ३० स्वर्ण सहित पाकिस्तान चौथों, १९ बांग्लादेश पाँचौं र एक स्वर्ण जितेको माल्दिभ्स छैटौं स्थानमा छ । ५ रजत र १३ काँस्य जितेको भुटानले अहिलेसम्म एउटा पनि स्वर्ण जित्न सकेको छैन ।

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal