eNepal

छोरा छोरी अस्ट्रेलीया छन् भनेर मख्ख नपरौ, यसो निगरानी पनि राख्ने गरौ

पैसोको भाउ बढ्या जस्तो छ, कहिले पठाम्छस्। छ भने हाल्दी राख। बा पैसो हाल्देको छु है, खर्चको लागि। विदेशको डलर खेलाउन पाएर मख्ख मात्र नपरौ अभिभावक महोदय। यसो आफ्ना छोरी छोरी के गर्देछन्, पढाई कस्तो छ, पढाई कहिले सकिदै छ। पैसा कसरी कमाउँदैछन्। कमाउन कतिको गार्हो छ, के गर्दैछन् आजकाल। पैसो लगातार पठाएका छन् र बिचमा पैसो पठाउन रोके भने किन रोके। स्वास्थ्य स्थिती के कस्तो छ। हाँसी खुसी छन् की छैनन्। फोनमा कुरा कत्तिको गर्छन्। कति समयमा ग्यापमा कुरा गरि रहेका छन्। 

काखमा बसेका, आँखाको अगाडी खाएका हिडेका डुलेका छोरा छोरी एक्कासी विदेशमा स्वतन्त्र हुँदा बरालिएका घटना धेरै छन् अस्ट्रेलीयामा। लागु पदार्थमा फसेका देखी अच्कल्टो रुपमै पढाई छोडेका आफ्नो जिवन लथालिङ्ग बनाउनेहरु प्रसस्तै छन्। काम काम भनेर पैसाको पछि दौडिएर घर परिवार भिषा स्टाटस सबैको बेवास्ता गर्ने पनि उत्तीकै छन्। 

पहिलो कुरो अस्ट्रेलीया आउने प्रायले ऋणनै लिएर आउने हुन्। ऋण तिर्ने तनाब आएको दिनबाटै शुरु हुन्छ। एकातिर ऋणको तनाब अनि अर्को तिर काम कहिले पाईएला त्यसको तनाब। काम पाएर पनि पैसो नबच्दा अर्को तनाब अनि आँखा झिमीक्क कलेजको फीले झनै तनाब।

छोरा छोरी अस्ट्रेलीया छन् भनेर गर्धन पसार्दै गर्दा यसो बेला बेलामा छोरा छोरीको स्थितीलाई नजिकबाट नियाल्न महत्वपुर्ण  देखीन्छ। 

आजकाल भिषाको कारण धेरै बिधार्थीहरु तनाबमा छन्। ह्या के भन्नु बा आमाले चिन्ता लिनु हुन्छ भनेर मनमनै यथार्थ कुरा लुकाएर राखेका हुन्छन्। तर यस्तो बेलामा उनीलाई परिवारको साथ र सहयोग चाहेको हुन्छ। कोसीस गर्दा गर्दै पनि भिषाको चाँजोपाँजो मिलि रहेको हुँदैन। फलानोको भयो, तेरो भएन। यतिका बर्ष भयो के गरि राछस् भनेर अरूसँग दाँजेर नानाभातीको वाईयात तनाब थप्नु भन्दा पनि सम्झाउनु होस्। स्थाई भिषा नभए पनि जिवन समाप्ती हुँदैन। नेपालनै आईस् भने पनि आफ्नो जेथा छ। दुनियाँले कमाएका छन्। त्यहाँको भन्दा बवाल प्रगती स्वदेशमै गरेका छन् भनेर मनोबल बढाउँ। दुनीयासँग तुलना गरेर झन् मानसिक तनाबको बोज नबोकाउँ। 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal