eNepal

नाइट क्लबमा भेटीएका बिमल, अञ्जनसहित चार खेलाडीलाई एन्फाले गर्यो बर्खास्त

नेपाली राष्ट्रिय फुटबल टिमका ४ खेलाडीलाई अनुशासनहीन गतिविधि गरेको भन्दै अखिल नेपाल फुटबल संघ(एन्फा) ले टिमबाट बर्खास्त गरेको छ।

फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट र सन्तोष तामाङका साथै डिफेन्डर दीनेश राजवंशीलाई बर्खास्त गरेको हो।

एन्फा प्रवक्ता किरण राईले उनीहरुलाई बर्खास्त गरेको पुष्टि गरेका छन्।

‘व्यवस्थापन टिम बसेर लामो छलफल गरेपछि उनीहरूलाई बर्खास्त गर्ने निर्णय गरेका हौं। अनुशासनहीन गतिविधि गरेको पाइएपछि एन्फा कडा रूपमा प्रस्तुत भएको हो,’ नेपाल लाइभसँग प्रवक्ता राईले भने। 

विश्वकप छनोटमा कुवेतसँगको खेलका लागि टिममा रहेका उनीहरू गएराती व्यवस्थापनलाई जानकारी नदिई डिस्को गएको पाइएको थियो।

विश्वकप छनोटको महत्वपूर्ण खेलमा प्रतिस्पर्धा गर्ने खेलाडीहरु रातभर ठमेलको डिस्कोमा रहेपछि उनीहरु कारबाहीमा परेका हुन्। 

नेपाली टिम विश्वकप छनोटको खेलका लागि आज नै भुटान जाँदैछ। घरेलु मैदानमा हुने खेल दशरथ रंगशाला तयार नभएपछि भुटानमा गर्ने एन्फाको प्रस्ताव एएफसीमार्फत स्वीकृत भएको थियो। कारबाहीमा परेका चार खेलाडीको स्थानमा वैकल्पिक खेलाडीलाई भुटान लगिने एन्फाले जनाएको छ। 

राष्ट्रिय टिमको क्याम्पमा रहँदा यसअघि पनि खेलाडीहरु ‘नाइट क्लब’मा भेटिने गरेका थिए। यसअघि घटना गुपचुप राख्ने गरिएको भए पनि यसपटक एन्फा कारबाहीमा नै बढेको हो। 

कारबाहीमा परेका अन्जनले यसअघि विश्वकप छनोटमा नै चाइनिज ताइपेइसँगको खेलमा दुई गोल हानेका थिए। 

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal