eNepal

नेपालको राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्लको नाम घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले नेपालको राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्लको नाम घोषणा गरेको छ । यो जिम्मेवारी मल्लालाई पारस खड्काले कप्तानबाट राजीनामा दिइएकाले दिइएको हो । यसअघिका कप्तान पारस खड्काले केहीअघि आफूले राजीनामा दिने बताएका थिए । उनले आइतबारमात्र क्यानलाई इमेलमार्फत् राजीनामा पठाएका थिए ।

 क्रिकेट संघका एक पदाधिकारीले फरक धारसँग टेलिफोन कुराकानीमा भने, ‘अहिले तत्कालका लागि ज्ञानेन्द्र मल्ललाई कप्तान बनाएका हौँ । केही पछि अर्को व्यवस्था हुनसक्छ ।’ ती पदाधिकारीले क्यानले पारस खड्कालाई फेरि कप्तानमा फर्किन अनुरोध गरेको पनि बताए । 

ज्ञानेन्द्र मल्ल यसअघि पारस खड्का कप्तान रहँदा उपकप्तानको भूमिका सधैं देखिँदै आएका थिए । पारसले खेल नखेल्दा उनले नै नेपाली टिमलाई कप्तानका रुपमा नेतृत्व गरेका थिए ।

अब ज्ञानेन्द्र मल्ललाई कप्तान बनाएपछि दीपेन्द्र सिंह ऐरीलाई क्यानले उपकप्तानको जिम्मेवारी दिएको छ । यसअघि ज्ञानेन्द्र मल्ल नखेलेका खेलमा ऐरीले नै उपकप्तानको भूमिका निर्वाह गरेका थिए । 

क्यानले यो निर्णयबारे राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई पनि जानकारी दिएको छ । 

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal