१: कुनै पनि औपचारीक कार्यक्रममा बढिमा तिनजना वक्ता राखौ
२: औपचारीक कार्यक्रमामा वक्ताले वोल्ने समय निर्धारण गरौ। ठ्याक्कै तिन मिनेट। तिन मिनेटमा माईकनै बन्द गरि दियौ।
३: सम्मानको कार्यक्रम नमस्कारले गरौ। फोकटमा खर्च गरेर फुलमाला, खादा लगाउनै पर्दैन।
४: मनोरन्जनात्मक कार्यक्रम हो भने औपचारीक कार्यक्रम गरेर मनोरन्जनका लागि आएका महानुभावहरुको मुड खराब नपारौ। रमाईलो हो भने केवल रमाईलो तिरै सिधै लागौ।
५: नेपाल भ्रमण बर्ष २०२० हो भनेर काममा प्रचार गरौ।काम गर्ने रेस्टुरेन्ट वा क्याफेमा आएका विदेशी नागरीकलाई ठुलो मोनिटर राखेर नेपालका सुन्दर ठाउँहरु देखाउँ।आ आफ्नो ठाउँबाट प्रचार गरौ। फेशबुकमा प्रोफाई चेन्ज गर्दैमा पर्यटक जाँदैनन् नेपाल।
६: आफुले काम गरेको ठाउँमा अरु पोस्ट खाली छ भने आफ्नो साथीलाई जानकारी दियौ।काम लगाई दिदैमा कोही ठुलो र सानो हुँदैन। आफु भन्दा माथिको पोस्ट छ भने के भयो त, उ सक्ष्यम छ भने गरोस् न काम। आखिरी आफ्नै दाजुभाई न हो।
७: कोही नयाँ काम गर्ने आए भने उनीहरुलाई सिकाउँ, सम्झाउँ, कसरी गर्दा राम्रो हुन्छ त्यो बाटो बताउँ। कति न डननै हुँ, मैले त परै अस्ट्रेलीया खाई सके जस्तो धमास प्रवृती नदेखाउँ।
८: गफ हान्दा पनि कति सम्म पच्छ त्यति हानौ। नयाँ छन् भन्दैमा युरेका टावर मैले किन्या, ट्रेन चड्नलाई महाभारतनै गर्न पर्छ। काम न पाईदै पाईदैन। यो पढेर गल्ती गरिस्। तेरो पिआर हुँदैन भनेर आउने बित्तीकै कचिलो दिमागलाई वास् नगरौ। दुईचार महिनामा ति कचिला दिमाग आफै डन बन्छन् र तिमीलाई गफाडी भनेर बिल्ला गर्छन्।
९: मेरो त यस्तो छ, उस्तो छ भनेर ठुलो गफ पनि नदिउँ। त्यतिका समयमा सबैले त्यति प्रगती गर्छननै मात्र समयको खेल हो।
१०: अब्बुई लौ बरबाद भईस्, तेरो भविस्य छैन भनेर कसैलाई निरुत्तसाहित नगरौ। सके सल्ला सुझाव दिउँ नसके चुपचाप बसौ।

