eNepal

अस्ट्रेलीया पठाउने एजेन्टहरुले यहाँको यो पाटो पनि बुझाई दिए धेरैले राहत पाउँथे कि

१: अव पिआर पाउन धेरै गार्हो छ। मेल्बोर्न र सिड्नी जाँदै नजाउँ। गए नि रिजनल एरियामा जाउ। रिजनलमा काम पाईदैन त्यसैले घरले पढाईको पुरै पैसो ठेल्न सक्छ भने आँट गरेर बोरु डार्वीन, तास्मानिया तिर जाउ। ढिलो चाँडो पिआर हुन सक्छ।

२: कनिकुथी पाँच वा पाँच दसमलव पाँच ल्याएर डिप्लोमा, सर्टिफिकेट लेभलका कोर्षमा जानु भनेको उही गएर शुरुवातका केही दिन अस्ट्रेलीयाको ओपेरा हाउस, समुन्द्र तटको सेल्फी खिच्नु मात्र हो। आईएलटिएसमा कम्ती सात ल्याउन सकिन्न भने बोरु अस्ट्रेलीया जाने खर्चले नेपालमै कहि व्यबसाय गर बोरु त्यसले जित्छ।

३: घर जग्गा धितो राखेर, दस ठाउँमा ऋण सापटी लिएर , चर्को ब्याजमा पैसो मागेर गएको केही महिनामा सबै ऋण तिर्छु वा कसैले उचालेर ह्या काम शुरु गरे पछि, पैसो छाप्न थाले पछि नाथे कमाउन कति बेर नि लागदैन भन्छ भने त्यो सब झुटा आश्वासन हुन्। पढाई नसकिन्जेल फुटेको कौडी पनी पठाउन सकिन्न भन्दिए अन्नाहकमा धेरेले अात्तिएर आत्महत्या गर्ने अवस्थाबाट रोक्न सकिन्छ।

४: महिनामा एकजनाको साधारण खर्च 

कोठा भाडा $३५० देखी $४००

खानपिन: $२००

बिजुली बत्ती पानी: $१५०

माईकी वा ओपल: $१५०

फोन: $१००

अन्य: $१५०

अब केटीको मामला यो भन्दा केही फरक हुन सक्छ। 

यो भनेको कम्तीमी $१००० डलर खर्च हुने निश्चीत छ। अव यति खर्च गर्नलाई कति कमाउन पर्छ। आफै बिचार गर्नु होस्।

५: अस्ट्रेलीया आउँदा शुरुमा त कामनै पाईदैन। एकदुई महिना त रहनसहन, मान्छे, ठाउँ, कलेज बुझ्नै लाग्छ। फेरी यो आईडिया दिने मान्छे भए त ठिकै छ। चिनजानको मान्छे भए केही राहत हुन सक्छ। होईन भने एक दुई महिना त कोठाको कोठै बितिछ। अलिकती ल्याएको ट्राभल चेक पनि सकिदै जान्छ अनि पेट पोल्न थाले पछि बल्ल काम खोज्ने हो।

६: काम पाई हाले पनि कि त किचन ह्याण्ड वा क्लिनिङ हो। भाग्य चम्केर हप्ताको बिस घण्टा काम पाईयो भने नि घण्टाको लौ बिसनै दिएछ भने नि हप्ताको चार सय कमिन्छ। महिनाको सोर्ह सय डलरमा अव त्यो कता दिने कता टाल्ने भनेर सम्झिदै बैकबाट पैसो चुहि सक्छ। आफु केबल ट्वाँ पर्न बाहेक केही हुँदैन। उस्तै परे ट्रेनको टिकट किन्न सापट माग्न पर्ने स्थिती आउँछ।

७: यस्तो काम उस्तो काम, कुर्सीमा घुमेर पैसा कमाईन्छ जस्ता मनगणन्ते कुराको आश र प्रलोभन बिचरा भर्खर उम्रिएका ठेट्नाका मनमा नघुसाई दिए हुन्छ।

८: पढाई मात्र सके पछि पिआर त सोझै हुन्छ भनेर गफ नलगाई दिए हुन्छ। शुरुमै गार्हो छ है भन्ने मानसिकता बन्यो भने कमसेकम यहाँ आए पछि ट्वाँ पर्ने स्थिती नआउने पो थियो कि। 

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal