eNepal

लोक दोहोरी प्रती युवाले हेर्ने दृष्टीकोणनै बदले प्रकाश सपूतले

रक,पप, र्याप अनि पाश्चात्य सङ्गीतमा चुर्लम्म डुबेका युवाहरु आजकाल लोकभाका सुन्न रुचाउन थालेका छन्। घरमा बाले लोक भाका बजाए वा टिभीमा लोक भाका आए भने उत्तिनै बेला रिमोटको बटन दवाएर अरु च्यानल हेर्ने युवा जमात बिस्तारै लोक गीत सङ्गीत सुन्ने अनि हेर्न लालाहित हुँदै गएको छ। लोक भाका भनेपछि गाउँका मान्छेले मात्र सुन्छन् भन्ने परपाटी पनि बिस्तारै हट्दै गएको पछिल्लो समय आएको गल्बन्दी बोलको लोक भाकाबाट प्रस्टै थाहा हुन्छ। 

१७ मिलीयन क्रस भई सकेको गल्बन्दी यति धेरै पपुलर भयो कि हिपहप, र्याप र झ्यापमा रमाउने युवाले पनि लोक गीत सुन्ने हेर्ने चेस्टा गर्न थाले। 

हे हे भनेर लेग्रो तानेर गाउने अनि समुह बनाएर नाँच्ने म्युजिक भिडीयोहरु मात्र आउने परिपाटीलाई थोरै मोडीफाई गरेर एउटा गाउँमा रोधी बस्दा कस्तो हुन्थ्यो हुबहु देखाएर म्युजिक भिडीयोको स्तर बढाईएकोले पनि युवाहरुले औधी रुचाए गल्बन्दीलाई। 

दोहोरी गीत गाउने कलाकारलाई कलाकार नगन्नेहरु पनि आझ खोजी खोजी हिड्न थालेका छन्। बिदेशका भ्रमणमा आज दोहोरी गीतका कलाकारलाई भ्याई नभ्याई रहेको छ। पछिल्लो पटक आएको गलबन्दीले एउटा दरो झापड पक्कै हानेको छ  हल्का रुपमा लिइने लोकको भाकालाई अहिले ट्रेन्डीङमा पुर्याउनु पक्कै सर्जक वा स्रष्टाको लागि गर्वको कुरा हुन पर्छ।

प्रकाश सपूतका गीत आउन भन्दा धेरै अगाडी देखि लोक गीत सङ्गीतका आफ्ना छुट्टै श्रोता दर्शक थिए तर सिमीत दाएरा भित्र मात्र थिए।कसैलाई गाएक वा गायिका मन पर्थ्यो तिनका गीत सुन्थे, आफ्नो ठाउँका भाका सुन्थे,पुर्वका लोक भाका मन पराउने छुट्टै हुन्थे, पश्चिमे भाकाका आफ्नै श्रोता थिए अनि काठे भाकाका आफ्नै। म्युजिक भिडीयो पनि आउँथे, क्यामरा मोडीफाई भए पनि शैली उही हुन्थे। सृर्जनात्मक र कलात्मक हिसाबले तेती धेरै प्रयोगहरु भएको थिएन। समुहमा नाच्यो सकियो तर प्रकाश सपूतले गीत सुन्ने अनि हेर्ने शैलीमा परिबर्तन गर्न खोजे जसलाई सबै उमेरका मानिसले मज्जाले मन पराए। 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal