राधिका अस्ट्रेलीया आएको ४ बर्ष भयो।सानै देखी सामाजिक सेवामा कार्यशिल राधिका सामाजिक अभियन्ताका रुपमा क्रियासिल छिन्। उनीलाई सेवा गर्न कुनै बाधा ब्यबधानले रोक्दैन।
द अल्फ्रेड हस्पिटलमा नर्सको रुपमा कार्यरत राधिका यसपाली गैर आवासिय नेपाली सँस्था भिक्टोरीया नारी निकुण्जबाट डेपुटी कोअडिनेटरका रुपमा आफ्नो उमेदवारी दिएकी छिन्।
नेपाल छँदानै अनेकौ प्रोजेक्टमा सङ्लग्न राधिका कसैको लहैलहै वा चिल्ला गफले भन्दा नि आफुले समाजलाई थोरै भए पनि केही गर्न सकिन्छ भनेर यो पदमा उमेदवारी दिएको बताउँछिन्। उनले गरेका प्रोजेक्टहरु यस प्रकार छन्।
स्वास्थ्य र प्रजनन स्वास्थ्यबारे साना भाईबहिनीहरुलाई जानकारी देखी शिक्षाका लागि अनुदान मार्फत एचआईभि सङ्क्रमित बच्चाहरुलाई पढ्ने सामाग्री बितरण लगाएत आफैको सँयोजनमा भुकम्प पिडीतलाई राहत अनि स्वास्थ्य जाँच, स्वास्थ्य चौकी खडा गरेर उपचारमा सङ्लग्न देखी धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सुन्दरीजल, दोलखा अनि काठमाण्डौ ट्रमा सेन्टरमा सेवा गरेकि थिईन्। ललीतपुरको ईटा भट्टामा काम गर्ने बाल मजदुरहरुलाई पाठ्य सामाग्री बितरण लगाएत स्वास्थ्य सम्बन्धी ज्ञान दिएकी थिईन्।
हाल सम्म उनी रोटोर्याक्ट क्लब अफ काठमाण्डौसँग आबद्ध छिन् जहाँ २०१४/२०१५ मा अन्तरास्ट्रिय सेवा प्रबन्धकका रुपमा काम गरेकी थिईन्।
Representing my club , ROTARACT CLUB OF KATHMANDU MIDTOWN



Rally Campaign for HIV/AIDS awareness in Kirtipur




Third project: Project name: “Donation for Education”




This is another project during earthquake time




Outstanding member award



