eNepal

पाद्नुका फाइदाहरु

पाद्नु भन्ने शब्द सुन्दा कताकता लाज लागे पनि यो संसारमा सबैले पाद्छन् नै। तैपनि सार्वजनिक स्थलमा पाद्नु असभ्यताकै  प्रतीक मानिन्छ। यद्यपि पाद्नुका थुप्रै आश्चर्यजनक फाइदा हुन्छन्।

१. पाद्नु ठूलो आन्द्राका लागि धेरै राम्रो हो: पाद नरोक्नु भन्छन्। पाद रोक्दा ठूलो आन्द्रालाई  हानि पुग्छ।

२. पादले ग्यास घटाउँछ: पादेपछि शरीरभित्र जम्मा भएको विषालु ग्यास बाहिर जान्छ र शरीरलाई आराम मिल्छ।

३. यो  रोगको लक्षण हो: पादको गन्ध, प्रकार र आवाजले चिकित्सकहरुले यो सामान्य हो वा ठूलै रोगको लक्षण भनेर थाहा पाउँछन्। धेरै पाद आउनुले गम्भीर शारीरिक रोग, यति सम्मकि कहिलेकाहिँ ठूलो आन्द्राको क्यान्सरलाई पनि संकेत गर्छ।

४. गन्धले फाइदा गर्छ: अनुसन्धानहरुका अनुसार पाद्दा आउने हाइड्रोजन सल्फाइडको गन्ध शरीरका लागि फाइदाकारी हुन्छ। कोषको क्षय रोकेर कहिलेकाहिँ हृदयरोगजस्तो जटिल रोगबाट पनि पादले बचाउँछ।

५.  स्वस्थ्य ब्याक्टेरियाको प्रमाण: पेटमा स्वस्थ्य ब्याक्टेरिया भएको प्रमाण हो पाद।

६. सन्तुलित भोजनको आवश्यकता बोध: पादकै कारण कुन खानाले पाद बन्दोरहेछ र कुन खानाले पाद बन्दोरहेनछ भन्ने थाहा पाउँछ। यसले सन्तुलित भोजन छनोट गर्न सजिलो हुन्छ।

७. एकदमै आनन्द आउँछ: पाद्नुको आनन्द पादिसकेपछि नै थाहा हुन्छ। कसैले सुन्यो वा देख्यो कि भन्ने चिन्ता भएपछि पादेपछिको आनन्दका अगाडि यी सबै गौण लाग्छन्।

(एजेन्सी)

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal