eNepal

यी हुन् विश्‍वका सबैभन्दा शक्तिशाली १० भाषाहरु

वर्ल्ड इकोनोमिक फोरुमले अर्थ व्यव्यवस्था, भूगोल तथा कम्युनिकेशन सबैलाई आधार मानेर विश्‍वकै सबैभन्दा दश प्रभावकारी भाषाहरुको सूची तयार गरेको छ। उसले अनुसन्धान गरेर ती प्रभावकारी भाषाहरुको सूची तयार गरेको हो। ती भाषा कुन कुन हुन त ?

 अंग्रेजी भाषा

अंग्रेजी भाषा विश्‍वकै सबैभन्दा बढी प्रभावशाली र प्रभुत्व भएको भाषा हो। यसलाई विश्‍वका विकसित देशहरुले आफ्नो सम्पर्क भाषाको रुपमा प्रयोग गरेका छन्। संसारका विकसित देशहरु चीन, जापान, कोरिया, क्यानाडा, अस्ट्रेलिया तथा अरब देशहरुले अंग्रेजी भाषालाई कूटनीतिक सम्बन्ध राम्रो बनाउन सहयोग लिने गरेका छन्। अंग्रेजी भाषाले विश्‍वमा आफ्नो पकड जमाएकैले धेरै पुस्तक, ज्ञान र प्रविधिमा विकसित भएका छन्।

म्यान्डरिन भाषा

म्यान्डरिन भाषा चीनमा बोलिने भाषा हो। चीनको बेइजिङमा लगायत स्थानीय तहमा यही भाषा बढी बोलिन्छ। यसलाई त्यहाँको राष्ट्रिय भाषा समेत मानिन्छ।

यसलाई ताइवानमा पनि बोलीचालीको रुपमा प्रयोग गरिदै आएको छ।

फ्रेन्च भाषा

फ्रेन्च भाषा संसारमा बोलिने मध्ये तेस्रो स्थानमा आउँछ। यो भाषालाई फ्रान्स लगायतका युरोपमा बढी प्रयोगमा आउँछ।

स्पेनिष भाषा विश्‍वको चौथो बढी बोलिने भाषामा पर्छ।

अरबी भाषा

अरबी भाषाले पनि विश्‍वभर आफ्नो पकड जमाउँदै गएको छ। अरबमा तेलको खानी भएकाले विभिन्‍न देशले निर्यात गर्न यो भाषालाई प्रयोग गर्ने गरेका छन्।

रूसी भाषा

रूसी भाषा संसारमा बोलिने भाषामा पनि दमदार भाषामा पर्दछ। यसले रुस लयात अन्य देशमा प्रविधिमा पहुँच पुर्याउन आफ्नो भाषालाई प्रयोग गरेकाले बढी प्रयोगमा आएको हो।

जर्मन भाषा

जर्मन भाषा विश्वको सातौ नम्बरमा पर्दछ। यसले पनि विज्ञान प्रविधिको विकासमा आफ्नो भाषालाई प्रयोग गरेको मानिन्छ।

जापानी भाषा

जापान प्रविधिमा सबैभन्दा अगाडि भएकोले उसले पनि प्रविधिका विकसित चीजमा आफ्नो भाषाको प्रयोग गरेका छन्।

पोर्तुगली भाषा

पोर्तुगली भाषा पनि विश्‍वमा बोलिने भाषामा प्रभुत्व जमाएको मानिन्छ। यहाँका मानिसहरु विश्‍वभर सामाग्री आयात निर्यात गर्ने भएकाले बढी बोलिने गरिन्छ।

हिन्दी भाषा

अहिले विश्‍वभर भातीयहरुले आफ्नो व्यापार विस्तार गरिरहँदा भाषालाई पनि साथै प्रवर्द्धन गरिरहेका छन्। यसैले हिन्दीभाषा विश्‍वको १० औ बढी प्रभावशाली भाषामा पर्दछ। हिन्दी भाषा विशेषगरी खाडी राष्ट्र, अरबी राष्ट्र र दक्षिण एसियाका देशहरुमा बढी बोलिने गरिन्छ।

 

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनको विवाह स्थगित

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal

न्युजिल्यान्ड सरकार कोभिड रेस्पोन्स टिमको प्रिन्सिपल एडभाइजरमा डा.रमिल अधिकारी नियुक्त

enepal

वरिष्ठ भारतीय गायिका लता मंगेशकरलाई कोरोना संक्रमण, आईसीयूमा भर्ना

enepal