eNepal

कन्सल्टेन्सीले बास्तबिकता मात्र बुझाई दिए धेरै बिधार्थी अस्ट्रेलीया पुगेर ट्वाँ त पर्ने थिएनन्

अस्ट्रेलीया जानको लागि यस्तो र उस्तो छ भनेर लेखिएका होडीङ बोर्डले प्लस टु सकेर बसेका युवाका आँखा टक्क अडिन्छ। जो कोहीलाई पनि मिठा र चिल्ला गफले मोहीत पार्छ। कन्सल्टेन्सीलाई बिधार्थी पठाउन मात्र पाए हुन्छ भने बिधार्थीलाई पनि भिषा लागेर उढ्न पाए हुन्छ। कन्सल्टेन्सीको काम भिषा लगाउने अनि बिधार्थीको काम भिषा लगाएर उड्ने मात्र देखिन्छ। 

तर एउटा बिधार्थीको भविस्य त्यहि कन्सल्टेन्सीको हातमा छ भन्ने दुबैले बुझेका हुन्छन् तर कन्सल्टेन्सीले बुझाउन चहाँदैनन् अनि बिधार्थीले बुझ्न चहाँदैनन्।

जाने ठाउँको बारे सामान्य जानकारी, बस्ने ठाउँको व्यबस्था, त्यहाँको रहनसहन, कामका अवसर अनि चुनौतीहरु, कलेजको फी तिर्ने शैली, कलेज जान पर्ने दिनहरु, कति घण्टा बैधानीक रुपले काम गर्न पाईन्छ, के कस्ता काम बढि पाईन्छ। पैसा कतिको बचत हुन्छ। कोठा भाडा कति पर्छ। एक्लै बस्न सकिन्छ कि सकिदैन, बोन्ड भनेको के हो। यस्ता हेर्दा सामान्य लाग्ने तर धेरै महत्वपुर्ण कुराहरु सम्बन्धी जानकारी दिए मात्र पनि धेरैले आउन अगावै केही हदसम्म बुझेर आउन सक्थे र आफ्नो जिवनशैलीलाई त्यहि अनुरुप ढाल्न सक्थे।

जे पनि भै हाल्छ नि, त्यसको पिरनै लिन पर्दैन, काम जत्ति पनि पाईन्छ, बस्ने ठाउँको चिन्तै लिन पर्दैन, पढाई मात्र सक पिआर त सजिलै पाईन्छ भन्दिएर बिधार्थीलाई ठुलो भ्रममा पारेर पठाउने अनि यता आएर दुई चार दिन बसेर बुझे पछि टमले तारा देखे जस्तो तिरीमिरी झ्याई देख्ने प्रबृती बढ्दै गएको छ।

पढ्न जान लागेको बिषयबाट पिआर लिन सकिन्छ कि सकिदैन, काम गरेर कलेजको फि तिर्न सकिन्छ कि सकिदैन, खर्च कति लाग्छ, हप्तामा बिस घण्टा भन्दा बढि काम गर्दा केही पो हुन्छ कि, के मैले कमाएर नेपाल पैसा पठाउन सक्छु कि सक्दिन, भोली भैपरि आए के मेरो घरबाट सहयोग गर्न कतिको सम्भव छ जस्ता बिषय आउनु अगाबै बुझेर आउँदा समस्या नहोला।

दश बर्ष अघि गएका दाजुले त्यो बेला भोगेका कुरा अनि यतिको अन्तराल पछि अहिले के कति परिबर्तनहरु भए। दाईले यत्ति कमाए, फलानोले उत्ति कमाएको देखेर तेस्तै सम्झेर त्यहि अनुरुपको आश गरेर पो आउन लागेको हो कि। हो यस्तै कुराहरुलाई ध्यान नदिदा धेरै युवा बिचल्लीमा परेका छन्। 

नआउनु होस् कसैलाई भन्दैनौ। दु:ख गर्नेहरुको लागि अवसरको खानी छ तर अन्धाधुन्ध नबुझी के के न पाइएला भनेर ठुला सपना लिएर आउनु भयो भने तपाईको बसाई सोचे अनुरुपको नहोला। कमसेकम जान लागेको ठाउँको बारे सामान्य जानकारी आफुले पनि लिने अनि कन्सल्टेन्सीले पनि केबल खादा लगाएर फेशबुकमा पोस्ट गरेर आफ्नो प्रचार गर्नको साटो जान लागेको ठाउँको थोरै जानकारी दिए सुन्दर भविस्य बनाउन हामफालेका युवाहरु पुगेर ट्वाँ त पर्ने थिएनन्।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal