eNepal

कबिताः आज एउटा मुख, दुईटा जिब्रो लिएर, नआउ साथी

म अस्ताएको दिन,फुलको गुच्छा लिएर, नआउ साथी

प्रफुलित मन, अनि आँखामा आँशु लिएर, नआउ साथी

 

उ बेला क्या दिन थिए, एकै थियौ, एकै बिचार थियो

आज एउटा मुख, दुईटा जिब्रो लिएर, नआउ साथी

 

सबैले आहा गर्थे, वहा: क्या दोस्ती थियो हाम्रो

अहिले आएर “कालो अतित”?? सम्झना लिएर नआउ साथी

 

चोटको कारण तिमी थियौ, दुनियाँको दोष मलाई लाग्यो

पिठियुँमा हानेको छुरा, साथमा लिएर, नआउ साथी

 

प्रफुलित मन अनि आँखामा आँशु लिएर नआउ साथी

आज एउटा मुख, दुईटा जिब्रो लिएर, नआउ साथी

लेखकः रोशन बास्तोला

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal