सुन न जाने हो त अस्ट्रेलीया मसँग डिपेन्डेन्टमा मालतीले मधुलाई प्रस्ताब राख्छे। मधुले भन्छ जान त हुन्थ्यो नि तर योग्यताले धोका दियो। खै पढेका मात्र जान मिल्ने रहेछ। फेरी हामी सरकारी स्कुलमा पढेकाले अस्ट्रेलीया अमेरीकाको सपना नदेखेको नै जाती। मन भएर के गर्ने जाने खर्च जुटाउन मेरो घरको हैसियतले दिदैन। घरको आर्थिक स्थिती खासै राम्रो छैन। फेरी गोराका देशमा अङ्ग्रेजी पटट बोल्न पर्छ। आफुले कनिकुथी बार्ह पास गरिया छ त्यो पनि सरकारी बिधालयबाट।
मालती भन्छिन् पढ्न त मैले अङ्ग्रेजीमा मास्टर्स गरको छु। तिमी पनि पैसोको चाँजोपाजो मिलाउ म पनि मेरो घर तिर यसो भन्सुन् गर्छु। ऋणपान गरेर जाउँ न त। आखिरी दुख सुख गरेर गए हाम्रै भलाई हुने हो, हाम्रै भविस्य बन्ने हो। मालतीको कुरोमा सहमती जनायो मधुले किनकी मधुले मालतीलाई औधीनै मायाँ गर्थ्यो। काठमाण्डौको खाल्डोमा दुबैको भेट भयो। मधु थिए सरकारी कर्मचारी । खासै डिग्रीका मार्कसिट नभए पनि उनको पौच राम्रै ठाउँमा थिए। नेपालमा भनसुन गरेपछि सरकारी जागीर खानलाई खासै पापड बेली राख्नु पर्दैन थियो। दश बर्ष अगाडी उ YBX बाईकमा काठमाण्डौमा हुईकिने गर्थ्यो। तिनकोठाको फ्लाट लिएर राम्रै तरिकाले छ्या नभन्ने गरि बस्थ्यो।
मालतीलाई एकजना साथीको बिहेमा देखे पछि साधारण चिनजानबाट शुरुवात भएको सम्बन्ध बिस्तारै साथी अनि साथीबाट मायालु तर्फ झाङ्गिदै गएको थियो। मधु मेहीनती परिश्रमी लगनशिल थियो अनि एकदमै ब्यबाहारिक पनि।
अस्ट्रेलीया जाने प्रकृया अगाडी बडाउँने क्रममा आईएलटिएसको कक्षामा लैजाने देखि कागज पत्रको लागि कहिले गाबिस त कहिले नगरपालीका देखी कता के पर्छ मधुले लैजाने गर्थ्यो।
अब अस्ट्रेलीया जानलाई बिहे गर्न पर्ने भयो। त्यो पनि गरे काठमाण्डौको एक मन्दिरमा। चिनेका साथीहरुको उपस्थितीमा यसो घुम्टो लगाएर मन्दिरको अगाडी उभिएर फोटो खिचेर बिहे गरे जस्तो गरे। किनकी बिहे गरेको प्रमाणपत्रले मात्र हुँदैन थियो त्यो बेला फोटो पनि माग्थ्यो पछि त भिडीयोनै माग्न थाल्यो पनि हाईकमिसनले।
आईएलटिएस दिईन मालतीले। त्यो बेला अस्ट्रेलीया जानलाई चाहिने नम्बर आयो। मालतीले खासै खर्च गरिनन्। आफ्नो सपिङ समेत मधुले गरि दिए। केही हप्तामा दौरानमा भिषा आयो। दुवै खुसी भए अस्ट्रेलीया आउने तयारीमा लागे।
अस्ट्रेलीया आउने दिन दुबैका परिवार एयरपोर्टमा आएका थिए तर चिनाजाना थिएन परिवारको। दुबैका परिवार एक एक तिर बसेर बिधाई गर्दै थिए आफ्ना छोरा छोरीलाई। केही घण्टाको प्लेनको यात्रा पछि अस्ट्रेलीयाको एक शहरमा दुबै आईपुगे।मालती कलेज बुझ्न तिर लागिन भने मधु काम खोज्न तिर लागे। बिरानो शहर अपरिचीत अनुहारहरु। भन्ने बित्तीकै काम कसले पो लगाई दिन्थ्यो र। हरेक तरहले काम नपाए पछि मधु हैरान भयो। नेपालबाट ल्याएको ट्राभलचेक पनि सकिने अवस्थामा पुग्यो। मालती कलेज जाने गर्न थालिन। उसको अङ्ग्रेजी ठिकैको भएर क्याफेमा काम पाईन्। मधु नेपालमा रजगज गरेर बसेको मान्छे बिना काम कोठामा त्यत्तिकै बस्न मनले दिएन। एकजना चिनेका दाई फार्ममा काम गर्थे। उससँग सम्पर्क गरे। जस्तो भएपनि काम गर्छु भने पछि तिदाईले पनि आउ न त काम त छ तर मौसमी काम हुन्छ। कहिले राम्रै पैसा पर्छ कहिले पर्दैन भने । त्यतिकै काम नगरीकन शहर बस्नु भन्दा बरु फार्म गएर केही पैसा कमाउन पर्यो। कलेजको फिको जोहो गर्न पर्यो भनेर मधु फार्म तिर हुँईकियो।
मालती कलेज र क्याफे दुबैलाई मिलाएर समय दिदै जिन्दगीलाई अघि बढाउँदै लगिन्। बिस्तारै साथीभाई बनाउँदै गईन्। पैसा चाहियो भने मधुलाई भन्थिन्। फेरी दुबैको एकाउण्ट साझा थियो। मालतीलाई जति पैसा चलाए पनि रोकटोक थिएन। मौसमको बेला ताल परे हप्तामै हजार डलर कमाउँथे मधु। व्यबहारहरु सबै सुल्झदै गएको थियो। नेपालको ऋण लगभग छिनोफानो गर्ने क्रममा थियो मधु। अब चाँही भने सुखका दिन देखिने भयो भनेर हर्षित थियो मधु।
दिनहरु बित्दै थिए एकाएक मालतीमा परिबर्तनका छेग्राहरु देखिन थाल्यो। पढाई सकिने क्रममा थियो। पिआर हाल्ने तयारीमा थिए दुबै जना। तर एकाएक देखिएको परिबर्तनले मधु रनभुल्लमा थियो। खातामा रहेको पैसा पनि खातामा नरहने। सम्पर्क गर्न खोज्दा खासै चासोका साथ नबोल्ने मालतीको बानीले उसलाई मनमनै कताकता सियोले घोचे जस्तो महसुस हुँदै थियो।
मधुले बुझ्दै गयो आखिरीमा मालतीमा किन परिबर्तन आए त। उसले एक दिन मोबाईल चेक गर्यो उसको अरु कसैसँग च्याट हुने रहेछ। नाम नेपाली थिएन अरुनै देशको रहेछ। त्यपछि उ छाँगाबाट खसेसरि भयो।
यत्तिका बर्षको मेहीनेत लगानी अनि परिश्रम तुहीन लागेको देखेर उ बढो तनाबमा थियो।
नभन्दै बैंक खाता छुट्टै खोली सकेकी रहिछ मालतीले त्यो पनि पत्ता लगायो। बुझ्न खोज्दा मालतीले उ मेरो ब्वाई फ्रेड हो भनेर सहमती जनाईन्।
कमसेकम मालतीले पिआर सम्म दिलाएर यस्तो हर्कत गरेकी भए मधुलाई केही राहत हुन्थ्यो होला। पढाउने देखी खर्च गरेर त्यो स्थानमा पुर्याउन मधुले दिन रात, घामपानी घर परिवार केहीको परबाह नगरिकन सुन्दर भविस्यको कल्पनामा आफ्नो जिवनको महत्वपुर्ण समय मालतीलाई दियो। तर समयको परिबर्तन अनि परिस्थितीसँग मितेरी गाँस्न चुकाउँदा मालतीलाई मधुबाट टाढा बनायो।
केहीदिनको भनाभन पछि मालतीले मधुसँग पारपाचुकेको लागि तयार रहन आग्रह गरिन्। मधु नतमस्तक भयो। न रिस पोखेर गालीनै गर्न सक्यो न त अरुनै केही। न त मालतीले पिआरनै दिलाई न त उसँगको सम्बन्धनै दिगो रह्यो। मधु घरको न घाटको अबस्थामा पुग्यो। नेपाल फर्केर जाउँ कुन मुख देखाएर जाउँ। यतै बसौ के गरेर बसौ। जसो तसो एक कन्सल्ट्यान्सीसँग बुझेर एलीको कोर्स गरेर भिषा त लगायो तर उसको पिआर लिने सपना सबै खेर गयो। हाल बिभीन्न कोर्षमा भिषा थप्दै बसेको छ एक शहरमा। थाहा छैन उसको गन्तब्य कहाँ गएर टुङ्गिन्छ। भेटमा भन्दै थिए बेहुला बनाउँछु भन्थि तर बहुला बनाएर गई। जिन्दगीमा कहिले काँही गरेका निर्णय आफ्ना लागि घात हुँदा रहेछन्।
(कथा काल्पनिक हो तर कोही कसैसँग मेल खान गएमा केबल संयोगको रुपमा लिनु होला)

