eNepal

के पाहुनाको सत्कार गर्ने नेपाली संस्कृति छैन ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेश्रोपटक हुन लागेको नेपाल भ्रमणको पूर्व सन्ध्यामा कतै विरोध र कतै स्वागतका शब्दहरु सुनिएका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा रहेर पत्रकारिता गरिरहेका पत्रकार देबेन्द्र केसी ले हिजो राति लेखेको फेसबुक स्टाट्स भाईरल भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को नेपाल भ्रमण को बारेमा बिभिन्न टिका टिप्पणी भईरहेका बेला पत्रकार केसीले लेखेको फेसबुक स्टाट्स भाईरल भएको हो ।

नेपाली संस्कृतिको मुल मर्म ‘पाहुनालाई स्वागत गर्ने हाम्रो परम्परा हैन र’ लाई छुवाउदै पत्रकार केसी ले लेखेको सो स्टाट्सलाई फेसबुकमा #Devendra ह्याचट्याग बनाएर ट्रेण्ड नै चलाईरहेको छ ।

यस्तो छ देवेन्द्रको स्ट्याटस

प्रम केपी ओली भारत आउदा राजकिय अतिथि बनेर आए ,ओली को सम्मानमा ईण्डिया गेटमा नेपाली झण्डा फर्फरायो, बिजय चोक देखी राज घाट सम्म जाने बाटो सर्वसाधरणको लागि बन्द गरियो, गुजरातमा ओलीको सम्मान को लागि जुनियर स्कुल बन्द गरियो, हिमाचलमा रहेको टिहरी ड्याम अवलोकन गर्न ओली जाँदा दिनभरको लागि टिहरी ड्याम अवलोकन गर्न सर्वसाधरणको लागि बन्द गरियो, दुनियाका बिरलै भिभिआईपी को सुबिधा दिदै भारत सरकार ले राष्ट्रपति निवासमा ओलीलाई राख्यो, २१तोपको गार्ड अफ अनर, दिल्ली को सडकहरुमा नेपालका झण्डा ,ओलीको स्वागतमा नयाँ दिल्ली पखालियो र रंगियो…. मेरै आँखा अगाडी तर…. तिनै मेजवान मोदी नेपाल जाँदा ,नेपालका सडकहरु पखालिंदा, मुक्तिनाथ सर्वसाधरण को लागि एक दिन बन्द हुँदा, जानकी मन्दिर परिसर मिथिला चित्रकारिता ले सिड्गारिंदा र काठ्माण्डौ का सडकहरु मा नेपाल प्रहरी र सेनाका सिपाई हरु गस्त गरिरहंदा किन रडाको मच्चाउनु? के पाहुनाको सत्कार गर्ने नेपाली संस्कृति छैन ? के कुनैपनि देशको प्रमुखलाई यत्तिकै सडकमा छोड्न मिल्छ ? कटुता त्यागौ… छिमेकी खराव होला तर मोदी पाहुना हुन.. स्वागत गरौ…भारतलाई पनि गर्व हुनेगरि रातो कार्पेट बिछ्याऔ

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal