eNepal

राम्रा नेताले कहिल्यै नभन्ने ७ कुरा

तपाईँ अगुवा हुनुहुन्छ भने तपाईँले बोलेका शब्दहरु शक्तिशाली हुन्छन् । यसकारण तपार्इँले यसको सही प्रयोग गर्नुपर्छ । अगुवाका रुपमा मानिसहरुलाई प्रोत्साहित र प्रेरित गर्ने तपाईँको मुख्य भूमिकाहरुमध्ये एक हो । तपाईँले बोल्ने शब्द र यसको प्रयोग गर्ने तरिका अन्ततः तपार्इँकै शक्तिशाली हतियार बन्नेछ । यदि तपाईँ राम्रो अगुवा बन्न चाहनुहुन्छ भने, तल दिइएका यी कुराहरु तपाईँले कहिल्यै नभन्नहोस् । 

तपाईँले बोल्ने बोलीबाट यी सात वाक्यहरु पूर्ण रुपमा हटाउनुहोस् । 

  १. कुनै पनि काममा समस्या हुन्न, सधैँ अवसरहरु मात्र हुन्छन् । 

समस्या जे काममा पनि आइपर्छ, समस्यालाई नकार्दैमा समस्या अलप भएर जाँदैन । यो वाक्याशं धेरैजसो व्यक्तिहरुले आफ्नो टिमलाई हौस्याउन र सिर्जनात्मक बन्नका लागि प्रयोग गर्ने गरेको भएपनि, यसले के पनि देखाउँछ भने अगुवाहरु कुनै समस्या पर्दा सुन्न चाहँदैनन् । यही एउटा वाक्यले पनि अगुवाको समस्यासँग जुध्न नसक्ने र अरुको समस्यामा चासो नराख्ने बेमतलबीपना झल्काउँछ । 

बरु यसो गर्नुहोस्ः सधैँ आफ्ना कामदारहरुको समस्या सुन्ने तत्परत्ता देखाउनुहोस् । यसले गर्दा कामदारहरु आफै नै समस्यासँग जुध्दै समस्याको समाधान खोज्न अग्रसर रहन्छन् ।

२. मलाई नसोधी कुनै पनि काम नगर्नुहोस् ।

कुनै कामदार नयाँ भएको खण्डमा बाहेक अगुवाको यो कदमले कर्मचारीको आत्मविकासमा त धक्का पुग्छ नै, यसले उनीहरुलाई अनुत्पादक पनि बनाउँदै लैजान्छ । जब अगुवाले सानामसिना कामको पनि जिम्मा आफै लिन खोज्छन्, तब यसले प्रक्रियामा सुस्तता ल्याउँछ र कामदारको आत्मबल पनि गिराउँछ । जब कामदारहरुले अर्थमूलक काम, स्रोत र अधिकार प्राप्त गर्दछन्, तब मात्र उनीहरु उत्पादनशील बन्न सक्छन् । बरु यसो गर्नुहोस्ः सानामसिना काममा पनि हस्तक्षेप गर्नुको सट्टा, कामदारहरुलाई काम सुरु हुनुअघि नै आफ्नो अपेक्षा खुलस्त रुपमा बताइदिनुहोस् । बेलामौकामा उनीहरुको तालिम र क्षमताअनुसारको कार्यशैलीको तालमेल हेर्ने गर्नुहोस् र उनीहरुले कस्तो गरिरहेका छन् भन्ने बारेमा उनीहरुको कामको पृष्ठपोषण वा फिडब्याक दिने गर्नुहोस् । तपाईँको मुख्य लक्ष्य भनेको सही मानिसलाई सही काममा लगाएर उनीहरुलाई पनि सफल बनाउनु हो । 

३. मसमक्ष नराम्रो खबर केही पनि नल्याउनुहोस् । 

कामदारलाई यो वाक्य प्रयोग गर्दैमा आइपरेको नराम्रो खबर कतै पनि जान्न । बरु यसले गर्दा तपाईँसम्म कुरा समयमै थाहा पाएर समाधान गर्न ढिलो भइदिन सक्छ । पूर्व अमेरिकी सचिव कोलिन पवेलले भेनका छन्, “नराम्रो खबर वाइन होइन, समयसँगै राम्रो बन्दै जानका लागि ।” कुनै पनि समस्याले विकराल रुप लिनु अगावै यसलाई समाधान गरिहाल्दा राम्रो हुन्छ । बरु यसो गर्नुहोस्ः कामदारहरुलाई नै आइपरेका समस्या समयमै तपाईँसामु सजिलै ल्याउन सक्ने वातावरण सिर्जना गरिदिनुहोस् । 

४. यसमा व्यक्तिगत केही कुरा छैन, यो व्यवसायिक मात्र हो । 

व्यवसाय सम्बन्धमा अड्किएको हुन्छ र सम्बन्धहरु सधैँ व्यक्तिगत नै हुने गर्दछन् । कुनै पनि कामदारले आफ्नो धेरैजसो समय काममा बिताउँछन् । कामदारको भावना नबुझ्ने अगुवाहरुले कामदारमा उनीहरुप्रति घृणा पैदा गर्छन् र यसले गर्दा संस्थागत लक्ष्य प्राप्तिमा धक्का पुग्छ ।

बरु यसो गर्नुहोस्ः काम गर्दा कामदारहरुलाई आपूm कामप्रति एकदम बफादार र लगनशील हुनुहुन्छ तर मानिसहरुप्रति समानुभूति पनि राख्नुहुन्छ भन्ने मूल्यमान्यता कार्यस्थलमा बुझाउने प्रयास गर्नुहोस् । कामदारहरुलाई सम्मान गर्ने गर्नुहोस् र उनीहरुलाई जस्तो व्यवहार गरेको मनपर्छ, त्यस्तै व्यवहार गर्ने प्रयास गर्नुहोस् । 

५. हामीलाई अरु बढी विचारहरु चाहिन्न । 

अगुवाहरुले कति समय सिर्जनात्मक विचार वा उपायहरु नकार्नुको कारण ती विचारहरुमा दम वा क्षमता नभएर होइन । बरु त्यो विचार वा उपाय अपनाउनाले त्यसमा हुने डर, चिन्ता र अनिश्चितता उनीहरुले थेग्न नसक्ने भएर पनि हो । यस्तो विचार वा उपायले सही काम गरेन भने यसले उनीहरुलाई बर्बाद पार्ने डरले पनि केही अगुवाहरुको अरुको धारण सुन्न रुचाउँनन् । सिर्जनात्मक विचारलाई प्रश्रेय नदिएसम्म कुनै पनि संस्था डट्न र सफल हुन सक्दैन । बरु यसो गर्नुहोस्ः सधैँ नयाँ विचार र सोच्ने तरिकाप्रति उदार रहनुहोस् । कामदारहरुको विचार ध्यानपूर्वक सुन्ने गर्नुहोस् र कोही विश्वासिलो र पूर्वाग्रह नराख्ने पात्रलाई त्यो नयाँ विचार सुनाउनुहोस् र त्यो नयाँ विचारलाई कसरी प्रयोगमा ल्याउने बारे पनि छलफल गर्नुहोस् । 

६. मलाई कामको बीचमा अलमल गर्न नआउनुहोस् ।

 अगुवाहरु अक्सर कामको बीचमा अल्झाइन्छन् । तपाईँलाई योजना बुन्न र गरेको कामको समीक्षा गर्न समय चाहिन्छ । तर यदि तपाईँको कार्यकक्षको ढोका सधैँ बन्द छ र कामदारहरु तपाईँलाई कामको बारेमा जानकारी गराउन आउँदैनन् भने, यसले सिधा सन्देश के दिन्छ भनेः तपाईँ औधी नै व्यस्त हुनुहुन्छ । यसले तपाईँलाई आनन्दले काम गर्ने वातावरण त देला तर कार्यालयमा के भइरहेको छ र तपाईँको आवश्यकता कहाँ परिरहेका छ भन्नेबारे तपाईँ अनभिज्ञ हुनुहुनेछ । बरु यसो गर्नुहोस्ः आपूmले गरिरहेको काम रोक्नुहोस्, आफ्नो कम्प्यूटर वा कुनै पनि कामबाट आफ्नो ध्यान कामदारप्रति लगाउँदै उनको कुरा ध्यानपूर्वक सुन्नुहोस् । तपाईँ अत्यन्तै महत्वपूर्ण काममा अल्झिनुभएको छ र उनलाई समय दिन सक्नुहुन्न भने विनम्रका साथ कामदारलाई उनको कुरा अत्यन्त महत्वपूर्ण भएको र यसका लागि पूर्ण ध्यान चाहिने भएकाले केही समयपछि पुनः आउन आग्रह गर्नुहोस् । यसो गर्दा तपाईँले आफ्नो कामको लागि पनि समय बनाउन सक्नुहुनेछ र आफ्नो कार्यस्थलको बारेमा जानकार पनि रहन सक्नुहुनेछ । 

७. असफलताको त कुनै सम्भावना नै छैन ।

यो दर्शन बोकेर काम गर्ने अगुवाहरुले कामदारहरुमा डर र चिन्ता भर्ने काम गर्छन् किनकी उनीहरुले कुनै पनि गल्ती गर्ने मौका पाउँदैनन् । कसैले पनि कुनै पनि जोखिम लिँदैनन् र केही नयाँ कुराको प्रयोग पनि गर्दैनन् किनकी उनीहरु सधैँ सफल हुनपर्छ । यस्तो गर्दा अगुवाहरुले संस्थाको विकासमा जानीजानी रोक लगाइरहेका हुन्छन् । यसरी उनीहरु कहिल्यै पनि अघि बढ्न सक्दैनन् । असफलताले नै हामीलाई कुनै कुरा प्राप्तिका लागि पाठ सिकाउँछ । 

बरु यसो गर्नुहोस्ः कामदारहरुलाई कुनै पनि गल्ती घातक नै भइहाल्दैन भन्ने सिकाउनुहोस् । उनीहरुलाई बरु ती गल्ती समयमै पहिचान गर्दै, त्यसलाई सच्याएर अघि बढ्न लगाउनुहोस् । यदि तपाईँ कुनै पनि गल्तीबिनाको पक्का कामको खोजीमा रहनुभयो भने, तपाईँले कुनै पनि नयाँ कार्य सुरु गर्नुहुन्न । कुनै नयाँ तरिकाबारे नै नसोच्नु नै मुख्य असफलता हो । 

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal