eNepal

काठमाडौंमा सबैभन्दा सस्तो सफा र मिठो खाना पाईने ५ ठाउँ

१ वीर अस्पताल क्यान्टिन

वीर अस्पतालको क्यान्टिनले ग्राहकलाई सादा खाना जम्मा ७० रुपैयाँमा खुवाउदै आएको छ । यसैगरी ग्राहकले चिकेन खाना ११० रुपैयाँमा खान पाउने छन् । यहाँको खाना तथा क्यान्टिन सफा र व्यवस्थित छ ।

२ सिभिल अस्पताल क्यान्टिन

सस्तो र सफाखानाका लागि वानेश्वरस्थित सिभिल अस्पतालको क्यान्टिन सबैको लागि राम्रो स्थान रहेको छ । यहाँ सादाखाना ८५, अम्लेट खाना १२५ र चिकेन खाना १५५ रुपैयाँमा खान पाइने होटलको सूचना बोर्डमा उल्लेख गरिएको छ । पर्याप्त ठाउँ भएकाले किचन सफा रहेको छ ।

३ श्री दोलखा दिव्य गेष्ट हाउस एण्ड भोजनालय

काठमाडौंको व्यापारिक क्षेत्र महाबौद्धमा रहेको यस होटलले होटलले सादा खाना ७० र चिकेन खाना १०० रुपैयाँमा खुवाउँदै आएको छ । यसबाहेक ग्राहकले रुची अनुसारका खाना खान सक्दछन् ।

४ विद्युतप्राधिकरणको क्यान्टिन

मानिसहरुको अत्याधिक चाप हुने काठमाडौंको रत्नपार्कस्थित विद्युत प्राधिकरणको क्यान्टिन सबैकालागि सस्तो खाना पाइने स्थानमध्येको एक स्थान हो । क्यान्टिनले जम्मा ७५ रुपैयाँमा सादा खाना खुवाउँदै आएको छ । ग्राहकले सादा खानामा दही खाए भने १ सय रुपैयाँ लाग्नेछ । यसैगरी क्यान्टिनले चिकेन खानालाई एक सय र मटन खानालाई १ सय २५ रुपैयाँमा उपलब्ध गराउँदै आएको छ ।

५ ए टु जेड

काठमाडौंको बत्तीसपुतलीमा रहेको ए टु जेड होटल पनि सुलभ मूल्यमा सफा र मीठो खाना दिन्छ। यहाँ सादा खानाको मात्र ८० रुपैयाँ पर्छ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal