eNepal

राजा वीरेन्द्रको ब्रान्डमा बियर बेच्दै छ स्विस कम्पनी

यो फोटो हेर्दा तपाईँलाई फेक जस्तो लाग्न सक्छ तर कुरा साँचो हो। श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेव भनेर औपचारिक रुपमा हामीले सुन्दै आएको नामलाई ‘वीरेन्द्र बियर’ बनाएर एउटा स्विस कम्पनीले बेचिरहेको छ। वीरेन्द्र नामको यो बियरको लेबलमा बियर हातमा लिएर मुस्कुराउँदै गरेका राजा वीरेन्द्रको फोटोसमेत छ। पृष्ठभूमिमा पाँच तले मन्दिर पनि देखिन्छ। 

Turbinenbräu नामको स्विस कम्पनीले उत्पादन गरिरहेको यो बियरलाई स्पाइस्ड/हर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखिएको छ। यसको एउटा बोतलको मूल्य १.८५ स्विस फ्र्याङ्क हो। नेपाली रुपैयाँमा रुपान्तर गर्दा करिब २ सय रुपैयाँ पर्न आउँछ।

बियर खाएको फोटो अपलोड हुने वेबसाइट अनटायप्डमा थुप्रैले वीरेन्द्र बियर खाएको फोटो राखेका छन्।

अर्को स्विस वेबसाइट intercomestibles.ch का अनुसार टिमुर राखिएको यो बियरको नाम राजा वीरेन्द्रको नाममा राखिएको हो।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal