eNepal

बिदेशमा बसिन्जेल मोज गर्ने अनि बिहे गर्ने बेला ईमान्दार, व्यबहारीक केटी चाहिने रे

बिदेशमा बसिन्जेल मोज गर्ने अनि घर गृहस्थी गर्ने बेलामा चाँहि ईमान्दार, व्यबहारीक अझ भर्जिन केटी चाहिने आजकालका केटाहरुलाई भन्न मन लाग्छ पहिला तिम्रो अनुहार गएर ऐनामा हेर अाफु कति ईमान्दार र सरिफ छु भनेर। अनि भन्न सुहाउँछ कि आफुलाई ईमान्दार र सरिफ कन्या चाहियो भनेर। 

ह्या कति गर्नु रमाईलो अव पुग्यो। नेपाल गएर व्यबाहारीक केटी खोजेर बिहे गर्ने। यसरि छछन्नाएर नहिड्ने बरु बिहे गरेर आफ्नो भविस्य उज्ववल बनाउने। अनि बिहे चाँहि कहिले गर्छौ भन्दा गरौला नि बिस्तारै। अलिक बुझेर गर्न पर्यो नि बिहे जस्तो कुरो त। कहाँ अहिले घुमेको र घुमाको जस्तो हो त बैबाहिक बन्धनमा बाँधिनु भनेको। 

ए अनि तिमीलाई चाँही मोज गर्नलाई कुनै रोकटोक नहुने अनि के तिमीसँग बिहे गर्ने केटीलाई रोकटोक हुन्छ त।तिमी यता रमाईलो गरि रहँदा तिमीले भनेको जस्तो ईमान्दार केटीले के रमाईलो नगरेकी होलान् र।  

आजकाल धेरै बिदेश गएका केटाहरुले गर्ने कुरा हो। अब आफु सोजो भएपो केटी पनि सोजी भेटीन्छ। आफु कस्तो छु पहिला आफुलाई सोध्ने अनि बल्ल अरु माथि कुरा चलाउँदा राम्रो हुन्छ। भलै बिदेश बसेका वा बिदेशको नाम लिने बित्तिकै घर परिवारले पनि हवस् भनेर दिने चलनले पनि यो कुरालाई प्रभाव पारेको छ। आजकाल सोझा र सोझी बनेर हिड्न पनि गार्हो अनि चिन्न पनि गार्हो भएको छ। 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal