eNepal

पूर्वी नेपालको पर्यटकिय स्थल सिम्सुवाको नमस्ते झरना

धनकुटाको साँगुरीगढी गाउँपालिकामा अवस्थित सिम्सुवा (नमस्ते) झरना युवायुतीको गन्तव्य बन्न थालेको छ । तराईमा गर्मी मौसमको शुरुवात भएसंगै झरनामा पर्यटकको बाक्लो आगमन हुन थालेको हो ।

झरनामा पूर्वञ्चलका सयौ युवायुवतीहरुको आगमन हुने गरेकोे छ । स्थानीय जनसमुदायको पहलमा साविक भेडेटार गाविस,पर्यटन कार्यालय, जिल्ला विकास कार्यालय धनकुटा,पूर्वी शहरी विकास डिभिजन कार्यालय धनकुटा, र सिम नेपाल धरानको सहकार्यमा पर्यटक भित्रयाउने उद्देश्यले २०६७ सालबाट झरनालाई सञ्चालनमा ल्याईएको हो ।

झरना सञ्चालनमा आएपछि स्थानीय स्तरमा उत्पादित साँग सब्जी फलफूल लगायत कृषि उपज गाउँमै बिक्री वितरण गर्न सहज भएको छ । झरना अवलोकल गर्न र झरनामा रमाउन छिमेकी देश भारत र नेपालको विभिन्न स्थानबाट दैनिक ३ सय देखि ४ सय जना र शनिबार बिदाको दिन १ हजार देखि १५ सय सम्म पर्यटक आगुन्तुले झरना प्रवेश गर्ने गरेको झरना व्यवस्थापन तथा सरसफाई समितिका अध्यक्ष दिलिप लिम्बुले जानकारी दिनु भयो ।

 

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal