eNepal

म स्वर्गीय डाक्टर

स्वस्तिका ढकाल
डाक्टर बन्न उडान भर्न घरबाट निस्कदा
ॠण खोजी ल्याएको पैसा थमाउदै
खुसिले प्रफुल्ल हुँदै बिदा गरेका
ती आमा बुबाका हातहरु
सायद, यतिबेला काप्दै होलान
मेरो डडेको शरीर छुन खोज्दै
एयरपोर्टमा मलाइ देख्न आतुर आखाहरु
अहिले मेरो अघि चिम्म भएका छन
सायद, आगोको रापमा रापिएको
मेरो शरीर हेर्ने सामर्थ्य जुटेन ती आखामा
सेतो पोसाकमा सजिएर
अरुको ज्यान बचाउन
सक्षम बनेर फर्के सोचेथे
तर
आज हारे आफू आफैसँग
अरुलाइ बचाउन सक्षम यो सिपले
काललाइ छल्दै आफुलाइ बचाउन सिकाएन
मलाइ माफ गरिदिनु बाबा
तिमिलाइ ॠणको भारी बोकाएर
बुढेसकालमा सहाराको आश देखाएर
म कहिल्यै नबिउझने गरि निदाए
लाग्छ, भगवानलाई
मेरो नामको अघि स्व. थप्नु रैछ
सायद तेसैले त होला
डा लेख्ने तिम्रो सपना बाबा
मात्र सपनामै सिमित रहे।।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal