eNepal

काठमाडौंका नयाँ पीचवाला खाल्टे सडक

यो ‘खाल्टे सडक’ को फोटो हालै सडक सतक पुन: पीच गरिेएको लाजिम्पाटको मुल सडक हो। अन्य ठाउँमा पनि नयाँ पीचका यस्ता सडक खण्ड देखिन्छन्। भनिरहन जरुरी नपर्ला, शहरका पीच गरिएका मुल सडकहरुमा यस्ता खाल्टाको ‘व्यवस्था’ गर्नु भनेको नागरिकलाई धराप थाप्नु हो। प्राविधिक रुपमा यो अक्षम्य लापरवाहि हो।

यस्तो किन हुन्छ?
सडक र फुटपाथको लेभल स्थायी रुपले कायम हुने गरि डिजाईन गरिन्छ। त्यसैलै आवधिक रुपमा सडक सतहमा गरिने नयाँ पीच (ओभर-ले) गर्दा पुरानो पीचको सतह खुर्केर बल्ल नयाँ पीचको तह थप्नु पर्छ, ताकि सडकको सतह सँधै यउटै कायम रहोस। तर यहाँ पुरानो पीचको सतह नखुर्कि त्यसै माथि थपियो, जसले गर्दा ढल या खानेपानीको म्यानहोलको ढकनि सडक सतह भन्दा तल पर्यो (म्यानहोला पीचले ढाक्न नमिल्ने हुनाले)। यो केसमा म्यानहोललाई पनि माथि उठाई (म्यानहोल राइजरको प्रयोगले) लेभल मिलाुनु पर्ने हो। त्यसो नहुँदा यत्रतत्र भर्खर पीच भएका सडकमा पनि यस्ता खाल्टा छरिएका छन्। मानौं किन राजधानी वसीको नियति नै हो ‘खाल्टे सडक’। कुनै विदेशि सडक इन्जिनियरले यो देख्दा हाम्रो सडक व्यवस्थापनको शैली देखेर के सोच्दो होला। लाजको मर्नु !

अब के गर्ने?
तत्कालका लागि तस्विरमा देखाएको जस्तै म्यानहोलको ढकनि साईजको कंक्रिटको गोलो ब्लकहरु बनाई सडकको लेभल मिलाउने। नयाँ ओभरले गर्दा पुरानि पीच खुर्केर मात्र ओभरले गर्ने या म्यानहोल राइजरको प्रयोग गर्ने।

मैले धेरै छलफलका फोरममा भन्दै आएको छु कि हाम्रो भौतिक विकाशको पद्धति नै बनेको छैन। जे जति विकासे काम भएको छ हचुवा र काम चलाउ शैलीले भएको छ। उदेक लाग्दो कुरा त के भने यस बारेमा कसैको चासो छैन। यो बाटोमा हाम्रा सरकारी निकायका सिनियर इन्जिनियरहरु, मन्त्रि, प्रधानमन्त्री, ठुला नेताहरु कति ओहोर दोहोर गरे होलान। तर लापरवाहि प्रवृत्ति एक पछि अर्को दोहोरिंदै छ। यो पोस्ट मर्फत मैले सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहें। यो समस्या सम्बोधन हुने आशा गरौं।
लेखक: सुर्यराज आचार्य

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal