eNepal

सामुदायीक भवन बनाउन एकजुट हौ, नेपाली कला र सँस्कृती झल्काऔ अनि भावी सन्ततीलाई हस्तान्तरण गरौं

मेल्बोर्नको सेन्ट अल्बन्स स्थित चिन्तापुरण मन्दीरमा आगामी १८ डिसेम्बर देखी २४ डिसेम्बर सम्म सप्ताह पुराण आयोजना हुँदैछ।
मेल्बोर्नमा सामुदायीक भवन निर्माणका खातीर एएनएमसीले सप्ताह पुराण आयोजना गर्दैछ जुन सबैलाई जानकारीनै रहेको छ। मुलत: यो सप्ताह नेपाली सामुदायीक भवन निर्माणको लागि रकम सङ्कलन गर्ने एउटा अस्त्र मात्र हो।अव कुरो आउँछ रकम सङ्कलनको। एक डलर देखी माथी आफ्नो गच्छ्यले सकेको दान गर्न सकिने छ र सोही अनुरुपको प्रमाणपत्र र सम्मान पाईने छ तर सबै दान यस महान कार्यको लागि उत्तिकै महत्वपुर्ण रहने छ।

फेरी यो बेला नतात्तीए वा नगरे पुन: यहि कुरोलाई लिएर पछि यसो उसो भन्यौ भने केबल गफमामात्र सिमीत हुन्छौ अनि सुन्नेलाई नि झर्को लाग्ला। त्यसैले अव बेला भएको छ जसरी पनि नेपाली सामुदायीक भवन बनाउनै पर्छ भन्ने अठोटका साथ कटिबद्द भएर लाग्ने।

फेरी हामी अभिभावकले बुझ्न पर्ने मुख्य कुरा के भने यदि हामी अहिले पनि नेपाली सामुदायीक भवन बनाउन चुक्यौ भने भोली हाम्रा सन्ततीले कतै धिक्कार्ने त होईनन् हामीलाई। कतै काम पैसा र घर थप्ने दौडधुपमा आफ्नो मौलीक पहिचान सहितको नेपाली घर बनाउन चुके छन् भनेर हामीलाई पक्कै गाली गर्ने छन्। यस्तो बिकर्सीत देशमा बसेर पनि आज सम्म अरु समुदायको मन्दिर गएर पुजा गर्नु पर्ने, कुनै साँस्कृतीक कार्यक्रम गर्न पनि अरु समुदायका हल ढक्ढकाउन पर्ने, अनि सामुहिक ब्रतबन्ध लगाएत गुन्युचोली र बिबाहका कार्यक्रम गर्न पनि कहाँ के कता भनेर सोच्न पर्ने स्थिती सृजना नहोला भन्न सकिन्न।

यसरी सारा भिक्टोरीया एक भएर लागि पर्दा पनि सामुदायीक भवन बनाउन सकेनौ भने पक्कै पनि हामीलाई हाम्रा भावी सन्ततीले गाली गर्नेनै छन्। पैसाको पछि दौडदा दौडदै बा आमाले हाम्रो पुर्खाको अस्तित्व, हाम्रो कला र सँस्कृतीलाई धारासायी पारेछन् भनि गाली गर्ने छन्। यस्तो हुन नदिन अव सबै भिक्टोरीया बासी एक भएर यो महान कार्यमा सरिक हुन जरुरी छ। थोपा थोपा मिलेर नै समुन्द्र बन्ने। अनि सेन्ट सेन्ट जम्मा भएर नै हो सामुदायीक भवन बन्ने।

आफ्नो गच्छ्यले सकेको दान गरौ अनि आफ्नो भावी सन्तानलाई नेपाली हुनुको गर्वको महसुस दिलाऔ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal