जिन्दगीलाई जसरी लियो त्यस्तै हुन्छ।सङ्घर्ष गर्नेहरु जिन्दगीमा आएका उतार चडाबहरुबाट कति पनि बिचल्लीत हुँदैनन्। बरु त्यो सङ्घर्षलाई अध्ययनको रुपमा लिन्छन्, प्रेरणाको रुपमा लिन्छन् र एउटा महत्वपुर्ण पाठको रुपमा लिन्छन्। हिड्ने मान्छेनै हो लड्ने, गल्ती गर्ने मान्छेले नै हो केही सिक्ने अनि जस्तै बिकराल परिस्थीतिलाई सहस्र स्विकार्ने मान्छेनै हो सफल बन्ने। सफल एकै चोटी कोहीपनि हुँदैन। सफल बन्नलाई घैर्यता चाहिन्छ, आत्माबिस्वास चाहिन्छ अनि दृड सङ्कल्प हुन अपरिहार्य हुन्छ। कोहीले पनि जन्मजात सफल हुने ओखती पिएर आएको हुँदैन।
यस्तै जिवनसँग नहार्नेहरुको कथा हो यो। बिदेश कसैलाई पनि सहज हुँदैन। बिदेश भनेपछि डलर फल्छ भन्ने सोच बनाउनुनै मुर्ख हुन्छ। कामलाई महत्वपुर्ण ठानेमा सफलहुन चाँही बेरै लाग्दैन। भाँडा धुँनेहरु सफल रेस्टुरेन्ट व्यबसाय भएका कथा, ठुला र नाम कहलिएका रेस्टुरेन्टमा हेड सेफ भएका कथाहरु पनि प्रसस्तै छन्।
अनील सेढाई यानिकी एण्ड्रम ज्याक्सन (अस्ट्रेलीयीन नाम)आएको करिब ५ बर्ष भयो। सबैलाई बोलाउन सजिलो होस् भनेर उसले नामनै परिबर्तन गर्यो। अस्ट्रेलीयाको भिषा लाग्यो। एक छुट्टै उत्सुक्ता। धेरै खुसी अनि थोरै तनाब।भिषा लागेको खुसी एकातिर छ भने गएर के गर्ने, काम कस्तो पाईने। कस्तो सँस्कार र बाताबरण हुने हो। त्यो सँस्कारलाई आत्मसाथ गर्न सकिएला कि नसकिएला। मनमा केही डर, सङ्का अनि केही कौतुहुलता।
एण्ड्रम ज्याक्सन पढ्न आयो कमर्सीयल कुकरी। भनिन्छ नि आफुलाई जुन बिषयमा लगाब हुन्छ त्यहि बिषय पढ्यो भने त्यसले आफ्नो लक्ष्यमा पुर्याउन सक्छ। पकाउन अनि नयाँ कुरा सिक्नमा सधै उत्सुकता देखाउने एण्ड्रमले आफ्नो पहिलो काम किचन ह्याण्डबाट सुरुवात गर्यो। जिज्ञासु स्वभावले उसलाई भाँडा माझ्दापनि सेफहरु के कसरी पकाउँदै छन् सधै चासोको बिषय रहन्थ्यो। तुरुन्तै प्रश्न गर्ने अनि आफु पनि बनाउन तम्सिने बानीले उसलाई खानाका परिकारहरु बारे सिक्न खाँसै गा्ह्रो भएन जसको फलस्वरुप करिब तिन महिनामा नै एपरेन्टिस सेफको हैसीयतमा पुग्यो। कामलाई सधै प्रमुख ठान्ने बानीले अन्तत: मेल्बोर्नको रोयल सेक्सोन होटेलमा सेफ भएर काम गर्ने मौका मिल्यो।
काम जान्नु ठुलो कुरा हो। हातमा सिप भएपछि कामको कुनै कमी हुँदैन। स्टेक मिनीस्टरमा करिब नौ महिना सेफ भएर काम गकिसके पछि हाल फिस्ट अफ मेरीटमा सेफ भएर काम गर्दैछन्। कमर्सियल कुकरीमा सर्टिफिकेट ३ र ४ अनि डिप्लोमा र एडभान्स डिप्लोमा ब्यबस्थापनमा सकि सकेका एण्ड्रोमले बेच्लर ईन हस्पिटालीटी म्यानेजमेन्टपनि सकिसकेका छन्।
कामको पहिलो दिननै हात काट्दा घर जान्छु भनेर साहुलाई भन्दा कामबाट घर जानलाई छुट्टी नदिदाँ हातमा टेप लगाएर काम गरेको अनि मानब अधिकारको लागि अव्वल ठानीने देशमा पनि यस्तो हुँदा सार्है नमज्जा लागेको बताउने एण्ड्रम काम गर्ने क्रममा आफ्नो शिप, मेहिनेत र लगनलाई कदर गर्दै हेड सेफले महङ्गो नाईफ दिँदा भने आफु जिन्दगीमै पहिलो चोटी धेरै खुसी भएको अनुभव सुनाउँदै सङ्घर्षसँग कहिलै नआत्तीकन अघि बडेमा आफ्नो लक्ष्यलाई आत्मसाथ गर्यो भने सफल अवस्य हुने कुरामा अडिग छन्। हाल उनी हरेक रेस्टुरेन्टमा काम गर्दाको अनुभव र खानाहरुलाई समेटेर आफ्नो छुट्टै रेसीपी बनाउँदै छन्। उनको निकट भविस्यमा एक नमुना रेस्टुरेण्ट खोल्ने ठुलो धोको छ।

