eNepal

नेपालीहरु कति परिश्रमी छन् अस्ट्रेलीयामा यसबाट पुष्टी हुन्छ

नेपालीको कामलाई अस्ट्रेलीयामा अक्सर धेरैले मन पराउँछन्। मेहीनती र लगनशिल हुन्छन् नेपाली भनेर धेरै कम्पनीहरुले चिनेका पनि छन्। कुनै पनि कामलाई गार्हो र झर्को नमानी गर्ने नेपालीको बानी हुन्छ। अस्ट्रेलीयाका अक्सर रेस्टुरेण्ट, क्याफे देखी डिपार्टमेन्टल स्टोर लगाएत हाउसकिपीङ र एजक्यरका क्षेत्रमा अत्याधिक नेपालीहरुले काम गरि रहेका छन्। नेपालीहरु काम गर्न लाज नमान्ने र जस्तो गार्हो कामलाई सहज रुपमा लिने बानीलेनै यहाँका ठुला कम्पनीहरुको मन जितेको छ। कुनै पनि ठाउँमा एक जना नेपाली छिरेमा त्यस ठाउँमा पुन: तँ जस्तै काम गर्ने मान्छे छ भने लिएर आईज भन्नुनै कामबाट खुसी हुनुको उपज हो। छलकपट नगर्ने कामको जस्तो चापमा पनि सरल तरिकाबाट काम गर्ने, जालसाजी नगर्ने, नठग्ने प्रबृतीले गर्दा आझ नेपालीलाई काम पाउन धेरै सजिलो हुँदै गएको छ।

कामलाई मुख्य ठान्ने नेपालीहरु आज किचेन हेण्डबाट सेफ छोटो समयमा भएका उधाहरणहरु प्रसस्तै छन्। त्यस्तै धेरै क्लिनीङ कम्पनीमा सुपरभाईजर भएका छन्। कति ठुला ठुला कम्पनीका मेनेजर भएका छन्। कति सफल उद्धमी भएर अस्ट्रेलीयाका सफल उद्धमीहरुमा नाम लेखाउन सफल पनि भएका छन्। मोर्गेज ब्रोकर देखी रेस्टुरेण्टका मालिक अनि कलेज सन्चालक देखी सरकारी तहमा आफ्नो बर्चस्व राख्नमा नेपालीहरु तदारुक्ताका साथ लागिपरेका छन्। यो सबैको एउटै कारण हो कामलाई प्रमुख ठान्ने, लगनशील भएर काम गर्ने अनि छलबाजी नगर्ने। यहि कारणले नेपालीहरुलाई अस्ट्रेलीयामा काम पाउन खासै गार्हो हुँदैन।

अब सयौमा कोही कोहीले काम नपाउलान।त्यो उसको आचरणले गर्दा हुन सक्छ। काम कसैको घरढोकामा आउँदैन। काम गर्नलाई खोज्नै पर्छ। फलानो ठाउँमा काम छ यो लिङ्कमा गएर एप्लाई गर्नु होस् भन्दा भन्दै फोन नम्बर राख्छौ अनि कसले आईज काम गक्न भनेर फोन गर्ने। काममा गयो दुईचार दिन अनि अघिल्लो रात टन्न पिएर भोली पल्ट काममै नजाने गरे पछि कसले फेरी काम दिन्छ। सबै भन्दा महत्वपुर्ण भनेको कुनै पनि कामलाई हेलचेक्राई नसोच्नु होस्। किनकी त्यहि हेल्चेक्राईले तपाईलाई फेरी काम पाउन गार्हो हुन्छ। तपाईसँग रिफ्रेन्स त्यसै माग्दैन कम्पनीले। पहिलाको रिफ्रेन्स राम्रो बनाउनु होस् नत्र बिग्रीएको रिफ्रेन्सले काम पाईदैन अस्ट्रेलीयामा बिचार गर्नु होस्।

 

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal