eNepal

धिक्कार छ काँही नभएका भेडा हामीनै रहेछौ

हिजो १०० दिन भित्र काठमाण्डौलाई नमुना राजधानी बनाउँछु भन्दै मिठा भाषण गर्दै भोट कुम्ल्याउने काठमाण्डौका मेयरले १०० दिन आखिरी के गरे, त्यता पट्टी ध्यान कसैलाई छैन,खबरदारी र धर्ना दिएको कतै देखिन्न। तराई बाडी पहिरोले क्षतबिक्षत हुँदा अहँ त्यहाँ जनसागर उर्लेको कतै देखिएन। बाडीको लागि करोडौको पैसा बिदेशबाट गयो। सरकारले कहाँ कति खर्च गर्यो कसैलाई चासोको बिषय भएन। भुकम्पको पाला देखि सङ्कलन भएको राहतमा आवाज उठाउने कोही छैन।

एउटा प्राईभेट कम्पनीले मनोरन्जन र व्यापार दुबैलाई हेरेर गरेको रियालीटी शोको पछाडी जनसागर उर्लेको छ। देश देखी परदेश अहिले नेपाल आईडलमय भएको छ। ठुला अहोदाका बरिष्ठ भनौदा देखी साधारण मज्दुरी गरेर खाने पनि यसैको पछाडी उर्लेका छन् लाग्छकि देशमै ठुलो उलटपलटनै आउन आट्यो। एकचोटी गम्भीर भएर सोचौ त आखिरी एउटा मनोरन्जन दिनको लागि आयोजना गरिएको एउटा कार्यक्रमको पछाडी खान पनि बिर्सेर एकोहोरो कुद्ने के हामी भेडा होईनौ भने के??

दिनरात नभनी पैसा उठाएर, टोलटोलबाट जुलुस र धर्नाबाट रकम सङ्कलन गरेर ईन्डिईयन आईडल बनाएका नेपाली मुलका प्रसान्त तामाङबाट हामीले के पायौं। भुकम्प गयो, बाढी गयो उनको पहलमा केहीकतै नेपाल र पिडीतको लागि आवाज केही कतै भयो। उता डान्स ईन्डिया डान्समा तेरीया मगरलाई जिताउन फेरी पनि नेपाली भेडा एकोहोरो भएर लागे। दिन रात नभनी भोट दिए। यसको बदलामा के पाउनु भयो। उनैले देश बिदेश घुम्ने अबसर पाईन्। आर्थीक स्थिती मजबुत भयो तर देशको लागि केही बोलीन्। आखिरी यी त देशका सेलीब्रेटी हुन् देशमा बिपत्ती परेको बेला यिनीहरुको आबाज सबैले सुन्छन् तर खै त दिन रात नभनी चोकचोकमा पैसा हालेर जिताएकाहरुको आबाज।

देशका नेतालाई खबरदारी गर्न सक्दैनौ , दिउसै बलतकारी गरेर मार्ने हत्यारालाई आँखा अगाडी छाती फुलाएर हिड्न दिन्छौ, आँखा अगाडी गाडी ब्याक सारेर जबरजस्ती मार्ने ड्राईभरलाई खुल्लम्खुल्ला गाडी चलाउन दिन्छौ, आँखा अगाडी करोडौ भ्रस्टचार गरेर चिल्ला गाडीमा नगर परिक्रमा गरेको देख्छौ, आफ्नै छोरी चेलीलाई खुल्लम्खुल्ला बलत्कार गर्नेहरु ढक नमानी हिडेको देख्छौ तर अहँ खबरदार गर्ने आँट र साहस हामीमा छैन। तर एउटा रमाईलोको लागि गरिएको रियालीटी शोको पछाडी हामी भेडो भएर लागेका छौ लाग्छ कि देशले बाराक ओबामा जस्तो रास्ट्रपतीमा उठाउँदै छ। हामी भेडाहरुको चेत आयो र एक आमुल परिबर्तन गर्न सक्ने योग्य र सक्षम नेतालाई देशको ठुलो अहोदामा पुर्याउन लम्केका छौ। खै त हामी भेडाले बुझेको। खाली ताली पड्काउन मात्र जन्मेका भेडा पो हो कि क्या हो।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal