eNepal

धेरै नसोच्नु होस्, नकारत्मक असर पर्न सक्छ

आजकलको भागदौड जिवनमा हरेक मानिस धेरै व्यस्त हुने गर्छन् । धेरै जसो कामले ब्यस्त हुने गर्छ्न भने कोही काम वाहेक पनि धेरै सोचेर दिमागलाई व्यस्त बनाउने काम गर्छ्न । सोच्नु नराम्रो कुरा हैन त्यो मानविय स्वाभाव हो, तर चाहिने भन्दा धेरै अनावश्यक कुराहरु खेलाउनु दिमागको लागि बोझ हो । धेरै भन्दा धेरै सोच्न थाल्यौ भने हामी आफ्नो मन र शरीरलाई कन्ट्रोल गर्न सक्दैनौ र परिणामस्वरुप ओभर थिङकीङले धेरै किसिमको हानी नोक्सानी पुराउछ ।

किन मानिस चाहिने भन्दा बढि सोच्ने गर्छ?

१.आजकल मानिस बढि भन्दा बढि कामको भारबाट ग्रसित छ । एउटै कामले उसलाई दैनिकि गुजार्न धौधौ पर्छ । जसका कारण उ एक भन्दा बढि काम गर्न बाध्य छ । जसले गर्दा काम बढि भए अनुरुप उ धेरै अर्थात बढि सोच्न थाल्छ ।

२. एउटा काम पुरा भएको हुँदैन अरु धेरै काम हरु बाँकी रहेको हुन्छ , यस्ले गर्दा पनि अरु कामको बारेमा सोच्न बाध्य बनाउछ यस्ले पनि ओभरथिङकीङ बनाउछ ।

३. काम गरेपनी काम मन परेको हुँदैन या त भने अनुसार पारश्रमिक मिल्दैन । आफुले गरेको काममा आफ्नो इज्जत हुँदैन् यसले पनि मान्छेलाई बढि सोच्ने बनाउछ ।

४. अर्को प्रतिश्पर्धा एकले अर्को लाई देखाउने होडबाजी छ । अरुको अगाडि जसरी हुन्छ देखाउनु छ् भन्ने खालको सोचले पनि ओभरथिङकीङ बनाउछ ।

५. केही नगरी धेरै छिटो अगाडि बढ्ने इच्छा अरुको सफलता देखेर मनमा धेरै डाहा गर्ने यसले पनि धेरै सोच्ने मनमा धेरै कुरा खेलाउन थाल्छ् ।

६. जसले गर्दा धेरै सोच्ने बानी बढ्दै जान सुरु गर्छ चिन्ता बढाउन थाल्छ । धेरै सोचेर केही भनेको जस्तो पुरा भएन भने बिस्तारै डिप्रेसन शिकार हुन थाल्छ ।

धेरै सोच्नाले हुने नोक्सानहरुः
१) जती धेरै सोच्न थाल्छौ त्यति धेरै नकरात्मक कुराहरु बढ्न थाल्छ । नकरात्मक विचारको शिकार हुँदै जान्छौ ।

२) हामी नहुने फाल्टु कुराहरु सोच्न थाल्छौ फाल्टु कुराको न कुनै कारण हुन्छ न उपयोग नै ।

३) जब हामी धेरै सोच्न थाल्छौ, चाहिने कुरा भुल्न थाल्छौ, बिर्सने बानी बस्न सुरु गर्छ ।

४) धेरै सोचाइले टाउको भारी हुने, दुख्ने, शरीरमा उर्जा शक्ति कमी हुने झनक्क झन्क्क रिस उठ्ने र चिडचिढाहट हुने गर्छ ।

अत्यधिक सोच ओभरथिङकीङबाट बच्ने उपायहरुः

१) वर्तमानमा रहने बानी बसालौ । धेरै सोच्ने मान्छे या त बितेको कुरामा या आउने भविष्यको कुरामा अल्मलिरहेको हुन्छ वर्तमानमा के भइरहेको छ । उसले बिर्सेंको हुन्छ त्यसैले ध्यान जे भइरहेको छ । त्यसैमा दिऔ ।

२) सके सम्म मनलाई शान्त राख्ने कोशीस गर्नुस बिचार थोरै सकरात्मक् र चाहिने कुराहरु मात्रा सोच्ने बानी बसालौ यसले ओभरथिङकीङ हुनबाट जोगाउछ ।

३) आफुलाई आत्मबिश्वास बनाइ राख्नुस यसले दिमागलाई कन्ट्रोल गर्ने र बढि सोच्ने कुरा बाट बचाउछ्, सकेसम्म राम्रो कुरामा ब्यस्त हुनुस । अनावश्यक कुराहरुको सोच आउने जस्तो ठाउँ वा कुराहरु बाट टाढा रहनुस् ।

४) जुन कुराले आफुलाई मोटीभेट गर्छ इनर्जी बढाउछ , उत्साह, प्रेरित, प्रोत्साहन गर्छ दिमागलाई धेरै कुरा सोच्न बचाउछ त्यस्तो कुरामा समय दिनुस ।

५) सके सम्म हरेक दिनको तालिका मिलाउनुस र त्यहि अनुसार गर्ने बानी बसाल्नुस यसले पनि धेरै सोच्न बाट बचाउछ् किनकी फाल्टु सोच्ने समय हुँदैन ।

६) सबै भन्दा राम्रो दिनहु योगा , प्रणायम र ध्यान गर्ने बानी बसाल्नुस यसले शरीरलाई आराम, दिमागलाई शान्त बनाउछ सहि दिशामा जानको लागि सहयोग गर्छ सोचाईलाई कन्ट्रोल गर्छ थोरै सोच्ने सकरात्मक् सोच्ने बनाउछ भने सोच्ने तरिका बद्लदिन्छ ।

पर्वतमाला के. सी

 

 

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal