eNepal

तिस पन्नाको हरियो पात्रो जसको पछाडी लाखौ युवा दौडिएका छन्

बडो हतारमा बावुसँग हजारका गोडा बिसेक नोट लिएर राम दौडीदै पररास्ट्र मन्त्रालय जान्छ। जमल झरेर फटाफट अघि बढ्छ। बाटामा अनेक थरीका मान्छेसँग ठोकिन्छ। माग्ने देखि सेठहरुको चहलपहल हुने जमलको भिड छिचोल्न उसलाई हम्मे हम्मे पर्छ। काँक्रा बेच्नहरुले अल्झाउँछन्, मोबाईलका खोल बेच्नेले अड्काउँछन्। सय रुपयाँ मात्र सय रुपयाँका आवाज उसका कानमा ठोकिन्छन्। अहँ उसलाई आज यि केहीले रोक्दैन। उ आफ्नो स्पिडमा ब्रेक लाउने पक्षमा कदापी छैन।

एउटी केटी साथी भेटिन्छे हन्डाको शोरुम पुग्दै लाग्दा। परैबाट चिच्चाएर उसको नाम लिएको सुन्छ। एकछिन अडिन्छ। साथीले जाउँ एक्लै भएर सपीङ गर्न बोर लागि रहेको थियो।एकछिन न्युरोड तिर घुमौ अनि मो:मो खाएर फर्किउला भन्दा पनि आझ उ डेग चल्दैन। खान र डुल्न भने पछि हुरुक्कै हुने रामलाई कत्तिखेर उसको पन्जाबाट फुत्किउँ जस्तो भयो। हतारमा छु पछि भेटौला भन्दै त्यहाँबाट उम्किन्छ।

परैबाट देख्छ मान्छेको ताँती रहेछ। उसलाई हेक्का भएन केको लाईन हो। सोच्यो फेरी पेट्रोलको अभाव रहेछ। फेरी सम्झ्यो फेरी पेट्रोलको लाईन भए देखि मोटरसाईकल हुन पर्ने। सबै क्लियर फाईल बोकेर लाईनमा बसेका छन् झन् कौतहुलता बडेर आयो। आफ्नो गतीमा क्रमैसँग ब्रेक लगाउँदै गयो। ठ्याक्कै जमल कटेर केशरमहल नपुग्दै लाईनले छोपी हाल्यो। अनि प्रश्न गर्यो यो के को लाईन हो। एकजना चालिस कटेका दाईले भने भाई यो तिस पन्नाको हरियो बुक बनाउनेहरुको लाईन हो। उसलाई अचम्म लाग्यो मनमनै सोच्यो के यी सब युवा बिदेश पलायन हुनकै लागि बसेका हुन् त। के देशले युवालाई जानी जानी बिदेश पठाउन अभिप्रेरीत पो गर्दैछ कि।

आखिरी युवाको महत्व देश चलाउन महिसासुरहरुलाई नभएकै हो त! अनि रामले बढो गम्भीर भएर सोध्यो। अनि दाई आज मैले पासपोर्ट पाउँछु त। त्यो भिडबाट एकजना हाँस्दै बोल्यो। हा हा भाई एकदिनमै पासपोर्ट लिनलाई त मन्डी, सिरक सवै लिएर आउन पर्छ। अनि आधा रातबाटनै लाईनमा बस्न पर्छ। सोच्यो आखिरी यो तिस पन्नाको पात्रोमा त्यस्तो के छ जसको पछाडी लाखौ युवा दौडीएकाछन्। के अव म पनि सवै युवा जस्तो दौडीयौ कि देशमै केही गरौ। द्वबीधामा पर्दै फर्केर घर आयो।

 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal