eNepal

छोरोले लेख्यो दशैको मुखमा अस्ट्रेलीयाबाट बुवालाई चिट्ठी

बुवा ढोग
खबर त खासै थिएन, सबैले डलर छाप्न गएको खुब छाप्या छस् है भनेर वाक्क दिक्क लगाएको भएर यो चिट्ठी कोर्दैछु। हुन त भेटेरै मख भरीको जवाफ दिन मन थियो तर तत्काल आउन नमिल्ने भयो काम र कलेजले गरेर त्यहि भएर यो खत लेख्दै छु। मिल्छ भने मेरा साथी अनि गाउँले दाजु भाई, पैसा टिप्न गए जसरी कति लाख पठाईस त भनेर भन्ने पल्ला घरकी काकीलाई यो चिट्टी पढेर सुनाई दिनु।
घरबाट आउँदा लागेको ऋृण तिर्नलाई खुट्टाको हड्डी खिईन्जेल काम गरेको तिनीहरुले देखेका छैनन् होला। तिन दिन दिउँसो कलेज गएर पाँच दिन साँझ हस्याङ र फस्कयाङ गर्दै एकातिर पसिना चुहि रहँदा पनि कम्मरमा भिरेको प्यान समाउने रुमालले पसिना पुच्दै काम गर्दा कति खेर त्यो आगोले हातका भुत्ला लगेको थाहा नहुने गरि काम गरेर जोगाएको पैसा पठाउँदा समेत हेर डलर छाप्या छ भन्नेलाई यो फोटो देखाई दिनु होस् ताकि पैसा टिप्न के गर्नु पर्दो रहेछ।

त्यो किचनको भित्तामा राखेको भित्ते घडीको टिक टिकको आवाजसँगै चलेका मेरा १५० किमीको स्पिडको प्याज र आलु कटाई अनि डढेर काती भएको बर्नरलाई सफा गर्दै गर्दा कोठा पुग्ने अन्तिम ट्रेन छुट्छ कि भनेर घरि घरि त सासपो फेर्न बिर्सेछु की जस्तो गरी किचेन सफा गरेर बाहिर निस्कदा आमाले अँगेनामा भात पकाएर कुरेर छोरो भात पाक्यो खान आईज भन्दा झर्केर अहिले खाँदीन, पछि खान्छु भनेको सम्झदै ट्रेनमा थ्याच्छ बसेको यो फोटो पठाएको छु। गएर त्यो काकालाई दिनु होस् जसले मलाई पठाउने बेला बहाना बनाएर राखेका पैसा अरुलाई दिएका थिए।

फि जुटाउ चौध घण्टासम्म काम गरेर राखेको पैसा बुबाले छोरो घर खर्च जुटाउन पर्यो, छ भने अलिकती पठाईदेन भनेर बिलौना गर्दा कलेजको फीबाट चुडालेर पठाएको पैसा अनि साथीसँग मागेर कलेज फीको लागि तिरोभरो गर्दै गर्दा त्यहाँबाट आईफोन र डलर पठाईदेन यसो ट्रिट हान्न पर्यो भन्ने साथीलाई यो साथी पो साथी, तिमीहरु त खानको र पैसाको मात्र साथी रहेछौ असल साथी त यी हुन भन्दै यो साथीको फोटो देखाई दिनु होस्।

धेरै लेखीन बाबा, अहिलेको सेमेस्टरको फी यताउता गरेर जुटाएँ। साथीहरु सबैले एक आपसमा सहयोग गरेर आफ्नो समस्या सुल्झाउँदै छौ। मिल्यो भने दशैमा अलिकती घर खर्च हाल्दिन्छु। उही परदेशी छोरो
अभी

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal