eNepal

नबुझी राम जस्तो हावा तालमा अस्ट्रेलीया नजानु होस, अनाहकमा दुख पाईन्छ

राम अस्ट्रेलीयाको मेल्बोर्नमा उच्च शिक्षा अध्य्यन गर्न भनेर नाम कहलिएको युनिभर्सीटीमा आयो। नेपाल हुँदा उसले यत्ति बुझ्यो कि जसरि हुन्छ अस्ट्रेलीया छिर्नु छ। पैसा जति लागे पनि लागोस्। गएर कन्सल्ट्यान्सी चाहार्यो।बागबजार र पुतली सडकका सायद कुनै कन्सल्ट्यान्सी उसका जुत्ताका डामबाट अछुतो रहन सकेन। सबैले एउटै कुरा गरे। गएको तिन बर्षमा पिआर हुन्छ। काम मज्जाले पाईन्छ। खासै समस्या हुँदैन। हाम्रो चिनेका मान्छे धेरै छन् सबैले सहयोग गर्छन्।

राम पनि साथीहरुको तडकभडक, स्काईप र भाईबरका तोरी गफले कत्ति खेर चाँही बिदेश हाम फालौ भन्ने मात्र सोचमा थियो। उसलाई केही कुरा दिमागमानै थिएन। बस् अस्ट्रेलीया जानु छ। बाउ आमाले २० लाख जसरी पनि हाल्दिन्छन्।

पिआर र बिदेशी लाईफको ह्याङओभरले न त कसैसँग अस्ट्रेलीयाका अन्य कुराको परामर्षनै लियो। न त पिआरका प्रकृयाहरु, न त कलेजको फीको बारे बुझ्यो, न त अस्ट्रेलीयन लाईफ स्टाईल। साथीहरुले पनि केबल उकासे मात्र। ल ल छिट्टो आईज अनि मोज गर्न पर्छ। उसको प्रक्रिया केबल मुला भिषा आउने हो कि न आउने हो। नेपाल बस्न नि लास्ट ल्याङ लागि सक्यो यार भन्ने मात्र हुन्थ्यो।

उताबाट प्वाक्क एउटा साथीले भन्यो। अनि तेरो छम्माको के छ नि खबर। जतिखेरै सँगै गाई र दाम्लोजस्तै हुन्थ्यौ। ह्या ब्रेकअप भई सक्यो। त्यो पनि अमेरीका तिर गईरे भन्ने हल्ला सुनेको। बार्ह सक्न पाको छैन बिहे गरौ गरौ भनेर ल्याङ हान्न थाली। अव अहिले कहाँ बिहे गर्ने। लाउ लाउ, खाउँ खाउँ मोज गरौ भन्ने उमेरमा बिहे गरेर के मेरा बाबा जगन्नाथ भन्दै बस्ने हो कि क्या हो। त्यसपछि बिच्केर खासै सम्पर्क हुँदैन थियो। अस्ती फोन गरेको सिमनै चेन्ज गरिछ कि क्या हो। सम्पर्क भएन। हिजो थाहा भएको अमेरीका तीर सुईकुच्चा ठोकी छ। शायद उतैको केटाको कुरा चल्दै थियो। अव उतै बिहे गरेर घरजम गर्छे।

हुन त चासो दिए कन्सल्ट्यान्सीले नभन्दिने होईनन तर कसलाई चासो सबै डिटेलमा बुझ्ने। जसले भन्नेनि यत्ति हो दाई जसरी नि भिषा आउन पर्यो।मानौ कि हाई कमिसननै त्यहि कन्सल्ट्यान्सी हो। नभन्दै धेरै दिनको कसरत र पापड बेलाई पछि रामको भिषा आयो। अव उसले बुझाउन पर्ने पैसा बुझायो तर कलेजलाई कति बुझायो। ईन्सुरेन्सलाई कति बुझायो। अहँ केही बुजेन। उसलाई केबल यो दुईवटा सिवई हो अनि यो भिषा हो। यत्ति मात्र थाहा थियो।

भिषा आयो साथी फुरुक्क पर्दै। साथीहरुलाई ट्रिट दिनमा र सपीङमा मख्ख थियो राम। उसले मिस गरेको भनेको केबल उसको बाईक मात्र थियो। बाईक पनि बेच्न खोज्यो तर बा आमाले बेच्न दिएनन्। किनकी धित मरुन्जेल पाटी दिन पुगेको थिएन साथीहरुलाई। अव यो बाईक पनि किन राख्ने बोरु बेच्दिन्छु भन्दा त्यत्रो पैसा हालेर किनेको बाईक अहिले तलाई सस्तोमा बेच्न किन पर्यो भन्दै बाले बाईक बेच्न दिएनन्। हुन पनि हो आफ्नो पैसा परेको भएपो मायाँ लाग्थ्यो। बाउ आमाको बुईमा घुर्की र धम्की दुवै बरोबरी गरेर किनेको बाईक न पर्यो।

अन्तत: मलेसियन एयरलाईन्सको बिमानबाट छोटो समयमा पिआर अनि पुरै लाईफ स्टाईललाई कायापलट बनाउने सङ्कल्पका साथ राम अस्ट्रेलीयाको मेल्बोर्न शहरमा छिर्यो। बस्ने ठाउँको कुनै टुङ्गो थिएन बस् एकजना दाईले एयरपोर्टबाट ल्याएर केही दिन आफ्नो घरमा राख्दिनु भयो। अव कोठा खोज्न पर्यो। कलेज नजिक कोठा पाएन। कलेज र कोठा ठ्याक्कै बिपरीत धुर्वमा। हतारमा कोठा खोज्दा यस्तै हुनु स्वभाबिकै हो। कोठाबाट कलेज पुग्न दुईवटा ट्रेन चडेर जाँदा लगभग डेढ घण्टा लाग्ने।

अर्को महत्वपुर्ण कुरा त कुन र के पढ्न आएकोनै थाहा रहेन छ। COE त थमाई दियो कन्सल्ट्यान्सीले तर राम्रोसँग पढेन छ। सर्टीफिकेर ३ अनि डिप्लोमा प्लस व्याच्लरको गरेर दुईवटा COE रहेछ। कलेजको फि फेरी त्यस्तै महङ्गो। डिप्लोमाको बार्ह हजार अनि व्याचलरको सत्र हजार रहेछ। फेरी कन्सल्ट्यान्सी पनि यति बाठो रहेछ कि सुरुवातको सर्टीफिकेट ३ को फि अलिकति लिएर अनि व्याच्लरको अलिकति लिएछ ताकी भोली केही भएर कलेज परिबर्तन गर्न नसकोस्। कि त बुझाएको पैसा मायाँ मार्न पर्यो कि त बिधार्थी पढिन्जेल दोही रहन पाईयो। आखीरी दुहुनो गाई पठाएको छ भिषा हनाएर।

रामको दिमागमा बल्ल बत्ती बल्यो। अव गाली गर्ने कसलाई। कम्जोरी कस्को अव। आउने बिधार्थी भए पछि सबै कुरा बृस्त्रितमा बुझ्न पर्ने कसले। सिवई हेरेर आउन पर्छ कि पर्दैन। व्यापारीले त जसरी पनि मिठो कुरा गरेर आफ्नो सामान बिकाउन तिर लाग्छ तर कच्चा छ छैन, बाहीर बजारमा कस्तो हल्ला छ बुझ्नु आफ्नो कर्तव्य हो की होईन। अरुको लहैलहैमा लागेर पनि जिन्दगीको महत्वपुर्ण खुड्कीला चड्नु कति सम्म जायज हुन्छ।यस्ले भविस्यमा कस्तो असर पर्छ बुझ्नु सबै नयाँ आउने भाई बहिनीले जरुरी रहेको छ।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal