eNepal

यो अष्ट्रेलिया हो साथी, यहाँ सबैका दिन आउँछन

सरकारी स्कूलको चौरमा बसेर Tango बनाउनुको मजा याराको किनारमा बसेर रोलिस् बनाउनुमा छैन तैपनी दिनभरिको काम सकेपछी थकान र प्यास मेटाउने एक गन्तब्य बनेको छ यारा| याराको किनार हामीहरुको चुरोट बनाएर खाने ठाउँ मात्र होइन नवआगन्तुक भाईबैनिलाई दु:खसुखको कुरागर्ने थलो बनेको छ|

धेरैले कामको बारेमा कुरागर्दा त्यहाँका माथिल्लो तहमा भएकाले एसोभने उसोभने भनेको सुनिन्छ| ” you are too slow mate, Quick-Quick, We are not looking for the inexperienced guy like you, तुम जेसे बर्तन धोनेवाले बहुत मिल्तेहे मेल्बर्नमे, केहि था नहुने मान्छे नेपाल गए हुन्छ, भाइ भाडा समयमै दिनुपर्छ भन्ने था छैन, यो महिना बत्तिको बिल धेरै उठ्यो”| नयाँ-नयाँमा अनुभवको कमि हुँदा एस्ता कुरा सुन्नु सामान्य हो| घरमा कसैले केहि नभनेको र यहाँ आएपछि एक्कासी आरुको भनाइ सुन्दा चित्त सबैको दुक्छ|

तर यो सपनाको देश हो, तिम्रो-हाम्रो सबैको सपनाको देश|त्यसैले अरुको हरेक गालीमा आफ्नो सपनालाई समझदा बेस हुन्छ, आफ्नो ठेला गाडेर तिम्रो सपनाको लागि लड्ने बाबुलाई सम्झिदा बेस हुन्छ, हरेक बिहानी धुप सल्काउदा तिम्रै दिर्घायुको कामना गर्ने आमालाई सम्झिदा बेस हुन्छ| अरुको गालीले आफु कमजोर होइन अझ मजबुत र आफ्नो सपनामा अझ केन्द्रित हुदा बेस हुन्छ|

यो अष्ट्रेलिया हो र यहाँ हरेक दिन हजारौ निबेदन पेश गरिन्छन र हजारौ फालिन्छन, हजारौको भिडमा आफुमा विश्वाश गरेर हिम्मत नहारे बेस हुन्छ| जसरि ठेस लगेर उक्केको नांग फेरी पलाउछ त्यसरिनै एकपटक फेल खाएपछी फेरी उठेर अझ नयाँ जोश लिएर अगी बड्दा बेस हुन्छ| सफल हुनु मात्र ठुलो कुरा होइन हारेपछी आफुलाई अझ मजबुत बनाएर फेरी प्रयास गर्नु ठुलो कुरा हो|

यहाँ सबैका लक्ष पुरा भएका छन र तिम्रा पनि हुन्छन् केबल आफुमा विश्वाश राख्नु अनी दुनियाँको होडेबाजिमा नलाग्नु| लड्दा खितित् हाँस्दै हात दिने होइन आँखाभरी आसु पार्दै हात बाधेर बस्नेदेखी साबधान! किनकी धेरै भेटिन्छन तेस्ता यो शहरमा|
डोटेल काजी
कुसल डोटेल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal