eNepal

साथी म बिधार्थी भिषामा आएको अस्ट्रेलीया एप्पल स्टोरमा काम गर्न होईन

मान्छे पनि कस्ता कस्ता हुन्छन् यार, कुरा सुन्दा नि दिमाग तातेर आउँछ। के सोच्छन् खै कोनी। आएको आधा बर्ष भएको छैन डिमाण्ड का डिमाण्ड गर्छन् हौ। हैन के सोच्छन् हौ बिदेशलाई पैसा फल्ने बोट जहाँ चडेर टप्प टप्प पैसा टिप्ने। नदेखे पछि जे पनि सोच्ने रहेछन् है दाई। प्लेन चडेर उडे पछि लौ कमाउननै गयो भन्ने सोच्ने रहेछन् कि खै कुन्नी। म त मान्छेहरुको डिमान्ड सुनेर पनि हैरान हुन थाले। आजकाल नेपालबाट फोन आयो भने पनि हतार गरेर उठाउनै मन लाग्दैन आमा बाबाको देखी बाहेक।

हैन भाई किन एक्लै फत्फताएको हो। के भयो र हौ। कहिले सारो आवाज नसुनेको भाईलाई आज सार्है चित्त दुखेको जस्तो पो छ त। के हौ गाँठी कुरो। हेर्नु न दाई आएको पाच महिना भयो। आफुले त नेपालबाट ल्याएको सामसुङ एस फोर चलाई राखेको छु। हप्ताको दश डलर रिचार्ज गरेर। त्यहिपनि कसैले राम्रो काम पाएर फोन गरिहाल्छ कि भन्दै। यसो नयाँ काम पाएमा त्यो ठाउँ जाने बाटो सम्म हेर्नलाई जोगाई जोगाई राखेको पैसा हाल्छु। उता चाहि फोन गरेनी आईफोन पठाईदे भन्छन्। म्यासेन्जरमा च्याट गरेनि घुमाईफिराई आईफोननै माग्छन्। घरि घरि त दिक्दारनै बनाउँछन् भनेको।

त्यत्रो पैसा भुटेर पढ्न भनेर आएको छ। ऋृण तिर्न समयमा नसके पनि ब्याजसम्म तिर्न पाए बाउ आमा आनन्दले सुत्छन् भन्ने आफुलाई कस्तो पिरलो छ। राम्रोसँग निन्द्रा लाग्दैन। यो महिना अलिक बढि घण्टा काम गर्न पाए अलिकति साउँ घटाउन हुन्थ्यो भनेर पेट पोली रहन्छ।मध्य रातमा कामबाट लखतरान भएर यसो फेसबक खोल्यो। नेपालमा ठिक्क बेलुकाको समय हुँदो रहेछ। प्राय सबै अनलाईन आउने। अनि ओई तलाई त क्या मोज होला। कमाछस् डलर। हामीलाई के गन्थिस् र अब भन्छन्। अनि यताउता गर्यो लौ न आईफोन पठाई दे त भन्छन्। नभएको प्रेसर बडेर दिमागनै भल्भल गरेर आउँछ।

हैन नबुझेका पो हुन् कि क्या हो हवाई जहाज चड्दैमा कमाउननै गयो भन्ने पो बुझ्ने हुन् कि। किन नबुजेका बिधार्थी बनेर पढ्न गएको भनेर। लौ न प्रभु बुझाई देउ ति मनुवाहरुलाई छोरो बिधार्थी भाषामा पढ्न गएको हो अस्ट्रेलीया कुनै एप्पल स्टोरमा काम गर्न गएको होईन भनेर ताकि स्टोरबाट सबैलाई आईफोन झिक्दै पठाई दिउँ।

लेखकः मनोज पौड्याल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal