eNepal

नेपालले दुई स्थान सुधार गर्दै फिफा वरीयतामा १६७ औं स्थानमा पुग्न सफल

नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयतामा सुधार भएको छ। फिफाले आज जारी गरेको नयाँ वरीयता अनुसार नेपालले दुई स्थान सुधार गर्दै १६७ औं स्थानमा पुगेको हो।

नेपालको ९८२.२२ अंक छ। नेपाल भन्दा एकस्थान अघि रहेको सिंगापुरको १०००.६१ अंक छ भने नेपाल भन्दा एक स्थान पछि रहेको कम्बोडियाको ९८२.२२ अंक छ।

नेपालले यही महिना अफ्रिकी राष्ट्र मरिससमाथि दुई खेलमा जित निकालेको थियो।

वरीयताको शीर्षस्थानमा बेल्जियम छ भने दोस्रो स्थानमा ब्राजिल, तेस्रो स्थानमा फ्रान्स र चौथो स्थानमा अर्जेन्टिना छ। एसियामा शीर्ष तीनमा रहेका इरान, जापान र कोरिया विश्ववरीयतामा २१, २३ र २९ ‍औं स्थानमा छन्।

दक्षिण एसियामा भारत १०४ औं स्थानमा छ भने माल्दिभ्स १५७ औं स्थानमा छ। त्यस्तै भुटान १८५, बंगलादेश १८६ र पाकिस्तान १९७ स्थानमा रहँदा श्रीलंका २०४ ‍औं स्थानमा छ।

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal